मुख्यसचिव अर्यालमाथि भ्रष्टाचारको आरोप : विशेष अदालतमा मुद्दा दर्ता हुँदै

मुख्यसचिव अर्यालमाथि भ्रष्टाचारको आरोप : विशेष अदालतमा मुद्दा दर्ता हुँदै


नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्धा पर्ने भएको छ । उनी सञ्चारसचिव रहेको समयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालविरुद्ध मुद्धा दर्ता गर्न लागेको स्रोतको भनाइ छ ।

समाचार सुत्रका अनुसार अख्तियारले अर्यालविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामेक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर खरिदमा मुख्य सचिव डा. अर्यालको संलग्नता पुष्टि भएको हो ।