उपन्यासकार कार्कीको ‘इजाजत’ सार्वजनिक

उपन्यासकार कार्कीको ‘इजाजत’ सार्वजनिक


युवा लेखक तथा साहित्यकार सार्थक कार्कीद्वारा लिखित उपन्यास ‘इजाजत’ सार्वजनिक गरिएको छ ।

पुस्तक विमोचनका लागि गत शनिबार (८ असार) आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए कवि, साहित्यकार एवम् पूर्व मुख्यसचिव विमल कोइराला र अर्का विशेष अतिथि थिइन् त्रिविका प्राध्यापक कुमारी लामा ।

विमोचन कार्यक्रमको सञ्चालनको जिम्मेवारीमा रहेका पत्रकार नारायण बानियाँले उपस्थित सबैलाई यथोचित सम्बोधन तथा स्वागत गरिसकेपछि अतिथिद्वयलाई कृति विमोचन गरिदिन अनुरोध गरे । त्यसपछि विमोचित कृतिको विषयबस्तु, लेखनको गहिराई एवम् लेखकले मूलतः उपन्यासमार्फत के सन्देश दिन खोजेका रहेछन् भन्नेबारे लेखकसँग पालैपालो जिज्ञासा राख्दै उपस्थित सबैलाई जानकारी गराउन दुवै अतिथिसँग उनले आग्रह गरे ।

अतिथिद्वयले अघिसारेका विभिन्न सवालको सटिक जवाफ दिँदै लेखक सार्थक कार्कीले उपन्यास ‘इजाजत’को सार्थकता प्रष्टयाएका थिए ।