निलम्बित मुख्यसचिवलाई पठाइयो राष्ट्रिय योजना आयोग

निलम्बित मुख्यसचिवलाई पठाइयो राष्ट्रिय योजना आयोग


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी ठहर गरेका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई मन्त्रिपरिषद बैठकको निर्णयबाट राष्ट्रिय योजना आयोगमा पठाइएको छ । अब मुख्य सचिव नियुक्तिको बाटो खुला भएको छ ।

तत्काललाई वरिष्ठतम् सचिव लिलादेवी गड्तौलाले मुख्य सचिवको काम गर्नेछिन् भने सरकारले मुख्यसचिवको खोजी सुरु गरेको छ ।

डा. तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्यालमध्येबाट मुख्यसचिव नियुक्ति हुनेछन् । उनीहरु क्रमशः सिनियर हुन् ।