विश्व कल्याणका लागि १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक महायज्ञ हुँदै

विश्व कल्याणका लागि १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक महायज्ञ हुँदै


आगामी साउन १ देखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ-२०८१ पशुपतिक्षेत्र, वनकालीको हंस मण्डपमा सञ्चालन हुने भएको छ ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण र आश्रमहरूको समग्र विकासका लागि यज्ञ आयोजना हुन लागेको हो ।

यो यज्ञमा प्रसिद्ध कथा वाचिका परम पूज्या राधिका दासी, अंतर्राष्ट्रीय कथा प्रवक्ता परम पूज्या देवी प्रतिभा, प्रवीण पण्डित दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका विदुषी डा. कान्ता भट्टराई, देवी चन्द्रकला सखीले कथा वाचन गर्ने कार्यक्रम रहेको मानव सेवा फाउण्डेसनका अध्यक्ष बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराजले जानकारी दिए ।

महायज्ञ तयारीका लागि यही असार २२ गते मोटरसाइकल ¥यालीको आयोजना गरिनेछ भने असार २४ गते ट्याक्सी ¥याली, २६ गते रिक्सा ¥याली र असार २७ देखि २९ गतेसम्म चत्रपथमा पैदल यात्रा गरिने अध्यक्ष महाराजले बताए । आगामी साउन १ गते बिहान ११ बजे विशाल कलश यात्रासँगै महायज्ञको उद्घाटन गरिने छ ।

अभिभावकविहीन अनाथ तथा आधारभूत आवश्यकताबाट बञ्चित बालबालिकाहरुलाई निशुल्क गास, बास र कपास, स्वास्थ्य तथा शिक्षा प्रदान गर्दै आएको नेपालकै नमुना मामा घर अनाथालाय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित जेष्ठ नागरिकलाई छोरीको घर जेष्ठ नागरिक आश्रम, भक्तपुरको सहयोगका लागि महा यज्ञ गर्न लागिएको फाण्डेसन सदस्य ज्योेति गुरु शेखर शर्मा पौडेले घटना र विचारलाई बताए ।