आजको पञ्चाङ्ग एवम् राशिफल (११ आषाढ २०८१ मंगलबार, २५ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ आषाढ २०८१ मंगलबार, २५ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ११ गते तद्अनुसार सन् २०२४ जुन २५ तारिख मंगलबार आषाढ कृष्ण चतुर्थी तिथि श्रवण नक्षत्र वैधृति योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । मङ्गल चौथी व्रत ।

आजको राशिफल

मेष – समय खासै सहज प्रकारको त छैन तर अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सानातिना घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट केही न केही लाभ नै हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउला । खाद्यान्नसम्बन्धी काममा लाभ हुने योग छ । यात्रागत काममा सफलता मिल्नेछ ।

वृष – सानातिना काम तथा घरेलु समस्यामा अल्झनुपर्ला । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । आर्थिक पक्ष सबल छ, आश मारेको फल पुनः प्राप्त हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो हुनेछैन, ध्यान राख्नुहोला । आजको दिन नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने योग पनि छ । धर्मकर्ममा आकर्षण रहनेछ । परिवारिक सुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन केही चुनौती सामना गर्नुपर्ला । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनसक्छ । व्यापार–व्यवसायमा भने लाभ हुनेछ । व्यवसाय विस्तारका लागि मनोरञ्जनपूर्ण यात्रा पनि हुन सक्छ । व्यवसायको चापले प्रमी वा प्रेमिकासँग चिसोपन बढ्ने तथा दाम्पत्य सम्बन्धमा सामान्य खटपट रहने सम्भावना छ । आज महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – भाग्योदयको दिन छ । नचिताएको स्थानबाट धनको आगमन हुन सक्छ । शरीर फूर्तिलो भएको महसूस होला । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च भने केही बढ्न सक्छ, ध्यान राख्नुहोला । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ । साझेदारीको काम बन्नाले सुख वृद्धि हुनेछ ।

सिंह – मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति मिल्ने समय छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । पराक्रम र उत्साह बढ्नेछ । उद्योग-व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् भने आम्दानी राम्रैगरी बढ्ने देखिन्छ । व्यवहारबाटै नयाँ ज्ञान सिक्ने मौका प्राप्त हुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान प्राप्तिको सम्भावना छ । प्रेमभाव वृद्धि तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्ला । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । जुनसुकै प्रतिस्पर्धामा पनि विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । इर्ष्यालु पात्रहरू तपाईंको काममा अवरोध पुऱ्याउन सक्रिय हुन सक्छन्, योजना गोप्य राखेर अघि बढ्नुहोला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । काममा सहयोगीहरूले साथ दिनेछन् र सोचेअनुसार सफलता मिल्ने नै देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । ब्यस्तता बढे पनि आरोग्यबल रहनेछ ।

वृश्चिक – व्यापारलगायत आर्थिक कार्यमा राम्रै फाइदा हुने समय छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले सचेतनाको दरकार छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ तर बौद्धिक अभ्यासमा वादविवादको सामना गर्नुपर्ने योग छ । आजको दिन सवारी साधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफन्तको साथ सहयोग रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने समय छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पु¥याउन सक्नेछैनन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा नै हुनेछ । स्वास्थ्यका दृष्टिकोणले दिन राम्रो छ । मान महत्व प्राप्त हुनेछ । रचनात्मक काम बन्नेछ ।

मकर – समग्र हिसाबले समय बलियो नभएपनि बन्दव्यापारबाट फाइदा हुने दिन छ । आर्थिक पक्ष सबल रहला । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ, ख्याल राख्नुहोला । कामबाट फुर्सद मिलेको अनुभूति हुनेछ ।

कुम्भ – सामर्थ्य वृद्धि हुनेछ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल होला । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – मिहेनत र लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय भएपनि आजको दिन अतिथि वा पाहुनाको सत्कारमा महत्वपूर्ण समय ब्यतीत हुन सक्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आजको दिन स्वास्थ्यको भने विशेष ख्याल गर्नु उचित होला । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।