चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु


झापामा चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिएका छन् ।

आज (११ असार) बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुऱ्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथै गौरीगञ्ज गाउँपालिका(३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।