आजको पञ्चाङ्ग एवम् राशिफल (१२ आषाढ २०८१ बुधबार, २६ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ आषाढ २०८१ बुधबार, २६ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ १२ गते तद्अनुसार सन् २०२४ जुन २६ तारिख बुधबार आषाढ कृष्ण पक्षको पञ्चमी तिथि धनिष्ठा नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ ।

आजको राशिफल

मेष – प्रतिस्पर्धामा केही कमजोर सावित भइने समय छ । आफन्तजन टाढिन सक्छन् । प्रयत्न गर्दा वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिने छ । अग्रजको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन आर्जनको दृष्टिले चाहिँ राम्रो दिन छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आर्थिक काम बन्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । शारीरिक आरोग्यता रहनेछ ।

वृष – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । समय लागे पनि चिताएअनुसार कार्य सम्पादन हुनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आर्थिक सफलताले सुख मिल्ने योग छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । बोली र व्यवहारमा सजगता अपनाउनु बुद्धिमानी सावित हुनेछ । काममा स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । लाभदायी काम प्रारम्भ हुनसक्ने योग छ । साझेदारीमा पनि राम्रै फाइदा हुने देखिन्छ । भाग्यबल बढ्नाले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम वृद्धि होला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कर्कट – दौडधुप बढ्नेछ । आलस्यका कारण अवसर गुम्न सक्ने सम्भावना रहेकोले आफूलाई चुस्तदुरुस्त राख्न विशेष प्रयत्न गर्नुपर्ने समय छ । अति आवश्यक अवस्थाबाहेक आजको दिन आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना रहेको छ भने नसोचेको ठाउँमा खर्च हुने योग छ, सजग रही व्यवहार गर्नुहोला । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – बिनाप्रतिस्पर्धा लाभ प्राप्त हुनसक्ने समय रहेपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा रोकावट आउने योग छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ, समय चिनेर लाभ उठाउने विशेष प्रयत्न गर्नुहोला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । आफन्तमिलनले सुख प्रदान गर्नेछ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । धनलाभको योग छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साहस र सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त होला । मान महत्व वृद्धि र समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । व्यवसायमा लगानी बढाउनुपर्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, आँटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा पर्नसक्ने योगका बाबजुद मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । आजको दिन पठनपाठन तथा बौद्धिक अभ्यासमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउला । समयमा काम पूरा नहुनाले अवसर गुम्नसक्ने योग छ । जिम्मेवारी बढिरहन सक्छ तर सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । तथापि, साहसिक काममा आकर्षण बढ्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु उचित होला ।

धनु – आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । भेटघाटको अलमलले नोक्सानमा पार्नसक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्ने योग छ, ध्यान राख्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम सम्बन्धमा रोमाञ्चक मोड आउन सक्छ । सबल स्वास्थ्यका लागि भने विशेष सजगता अपनाउनु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि रहनेछ । अप्रत्याशित लाभको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । स्वास्थ्य सबल रहनेछ । सामर्थ्य वृद्धि हुनेछ । मनोकुल काम बन्नेछ ।

मीन – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । सुख विलास बढ्नेछ भने समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । तथापि, अनावश्यक झमेलाको योग पनि रहेकोले त्यस्तो परिस्थितिबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।