एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न व्यवस्था गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस (SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने जनाएको छ । यसअनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE ) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।
नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया