✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ १४ गते तद्अनुसार सन् २०२४ जुन २८ तारिख शुक्रबार आषाढ कृष्ण पक्षको सप्तमी तिथि १८ः०३ पर अष्टमी तिथि पूर्वाभाद्रपद नक्षत्र सौभाग्य योग भद्रा करण ५ः१३ पर बालब करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कुम्भ राशिमा ६ः४८ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । अष्टमी व्रत ।
आजको राशिफल
मेष – आत्मविश्वास र पराक्रममा वृद्धि भइ आँटेगरेको कार्यमा सफलता मिल्ने दिन छ । व्यापार व्यवसायमा उन्नति एवम् धनलाभ होला । आर्थिक फाइदा हुनाले मन हर्षित रहनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मिठो भोजन प्राप्ति र मोदप्रमोदमा रम्ने अवसर जुर्ला । अनुकूलता वृद्धिका साथै मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – केहीमात्रामा घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने समय छ । सानो प्रयासले रोकिएको काम बन्ने र यात्रागत कार्य सफल रहने योग छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ ।
मिथुन – अलिक चुौती झेल्नुपर्ने समय छ । महत्वपूर्ण कार्यमा विघ्नबाधा पर्ने दैनन्दिन काममा पनि सुस्तता छाउन सक्छ । अनावश्यक खर्च तथ आर्थिक हानीबाट बच्न विशेष सावधान रहनु हितकर होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । कतै यात्रा गर्नुछ भने सफलता प्राप्त हुनेछ । शत्रुपक्ष तल पर्नेछ ।
कर्कट – तपाईंले अरुलाई दिएको बाचा पूरा हुने समय रहेको छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । मन लगाएर परिश्रम गरेपनि परिणाम भने खासै सन्तोषजनक प्राप्त नहुन सक्छ, तथापि धैर्यता रहनेछ । आजको दिन टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । महत्वपूर्ण काममा जोखिम र दौडधुप बढ्न सक्छ । खेलकुद एवम् रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
सिंह – केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह प्राप्त हुने समय छ । आयआर्जनको दृष्टिले राम्रो दिन छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । नसोचेको ठाउँबाट धन आउने तथा डुबेको भनिएको धन फिर्ता हुनसक्ने योग छ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । दाम्पत्यसुख बढ्नेछ । रसरागम आकर्षण रहला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – उत्साहजनक समय छ । सामाजिक क्षेत्रमा बढी मन जाला । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ला । धनलाभ हुनेछ । प्रेमभाव वृद्धि एवम् सुख बढ्नेछ । यात्रागत कार्यमा लाभ मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिन सक्छ ।
तुला – अनावश्यक वादविवादमा पर्नसकिने समय रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ । हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । कुसैसँग मनमुटाव हुनसक्छ, धैर्यशाली व्यवहार गर्नुहोला । आरोग्यबल रहनेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – आजको दिन केही चुनौतीले घेरिएको अनुभूति हुनेछ । काममा खासै मन नजाला । मत्वपूर्ण काम पनि अधूरै रहन सक्छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ, सचेत रहनु हितकर होला । नयाँ कामको सुरुवात पनि खासै राम्रो छैन, हैरानी बढ्न सक्छ । सोचेको काम नबन्नाले मन अशान्त रहन सक्छ । आरोग्यता रहनेछ । खर्च बढ्ने योग रहेकोले योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – आजको दिन सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुर्ला । मान प्रतिष्ठामा वृद्धि हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । चल–अचल सम्पत्ति कारोबारको योग छ । मिठो भोजन प्राप्त होला । समग्रमा दिन मनोरन्जका साथ बित्ने देखिन्छ ।
मकर – पराक्रमका साथै व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । रचनात्मक एवम् साहित्यिक कार्यमा मन जानेछ । टाढाको यात्राबाट धनलाभ हुने देखिन्छ । आम्दानीको स्रोतसमेत बढ्नेछ । खेलकूद एवम् भ्रमणमा आकर्षण रहला । रसरागात्मक क्रियाकलापमा मन आकर्षित हुने देखिन्छ ।
कुम्भ – सामर्थ्य वृद्धि हुने र बौद्धिकपन उर्बर रहने समय भएपनि स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्,सावधान रहनुहोला । यात्राका क्रममा विशेष सजगता अपनाउनु हितकर हुनेछ । नसोचेको ठाउँमा धन खर्च हुनसक्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।
मीन – आर्थिक लाभ मिल्ने खालको समय छ । आजको दिन कामहरु सजिलै बन्नेछन् । महत्वपूर्ण कार्यमा कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ, जसका कारण अनायासै ठिक निर्णय हुने देखिन्छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केही अधुरा काम सम्पन्न हुनेछन् । आरोग्यताका साथै सुख–विलास बढ्नेछ ।
प्रतिक्रिया