‘दुर्घटना हुने गरी वाम एकता नहुने’ : प्रधानमन्त्री प्रचण्ड

‘दुर्घटना हुने गरी वाम एकता नहुने’ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्डले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । शुक्रबार चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले विगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने धारणा राख्नुभयो ।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गर्छौं’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उहाँले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको उल्लेख गर्दै मन्त्रालयका आ-आफ्ना जटिलता रहेको स्वाकार गर्नुभयो । समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यहीअनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उहाँको जिकिर थियो ।

photo: rss