आजको पञ्चाङ्ग एवम् राशिफल (१५ आषाढ २०८१ शनिबार, २९ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ आषाढ २०८१ शनिबार, २९ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १५ गते तद्अनुसार सन् २०२४ जुन २९ तारिख शनिबार आषाढ कृष्ण पक्षको अष्टमी तिथि उत्तराभाद्रपद नक्षत्र शोभन योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । गोरखकाली पूजा, धानदिवस, दहिच्युरा खाने दिन, त्रिशूल यात्रा ।

आजको राशिफल

मेष – दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । नयाँ जिम्मेवारी मिल्ने योग छ । ब्यापार-ब्यवसायबाट फाइदा मिल्ला । खेतीपातीको कामबाट पनि राम्रो लाभ लिन सकिन्छ । काममा सहयोगीे एवम् साथीभाइहरुले साथ दिनेछन् । खर्च केही बढ्नेछ तर अनुकूलता पनि वृद्धि हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।

वृष – उत्साहवर्द्धक समय छ, काम गर्न जाँगर चल्नेछ । प्रशंम्सा गर्नेहरु बढ्नेछन् भने बोली व्यक्तित्वको प्रभाव बढ्नेछ । ब्यापारबाट प्रशस्त फाइदा हुने देखिन्छ, व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । धनलाभ पनि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ । समग्रमा आजको दिन रमाइलो साथ बित्ने देखिन्छ ।

मिथुन – भाग्यबल बढ्ने र धर्मकर्ममा आकर्षण रहने समय छ । विशेष कार्यमा आफन्तजनको सहयोग प्राप्त हुनेछ । नयाँ कामको अवसर आए पनि विचार गरेर मात्र सुरु गर्नु उचित होला । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । यात्राको पनि सम्भावना छ र, यात्रागत कार्य सफल रहला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – आजको दिन काम गर्नमा खासै मन नजाला । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने सम्भावना छ । स्वास्थ्यगत कमजोरीले सताउन सक्छ, सजग रहनुहोला । घरायसी समस्याको पीडाले मनमा डेरा जमाउन सक्छ । दौडधुपका साथै कार्यमा जोखिम बढ्नेछ, तथापि मित्रजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलत परिस्थितिका बाबजुद खेलकुद एवम् रसरागात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पूरा नहुन सक्छ । सहयोगीजनबाट आशाअनुसारको सहयोग नमिल्ने र मित्रहरू पनि रुष्ट हुनसक्ने समय छ । काममा कठिनाइ सहनुपर्ला, होसीयारीको दरकार छ । यातायातका साधन प्रयोगमा पनि आज विशेष सजगता अपनाउनु हितकर होला । बौद्धिक तथा रचनात्मक कार्य भने बन्ने योग छ । दाम्पत्यसुख मिल्नेछ ।

कन्या – रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुनसक्छ । सहयोगीहरूले काममा साथ दिनेछन् र, अनौठो तरिकाबाट रुपैयाँपैसा हातपर्न सक्छ । परिवारमा भने केही चिसोपन जागृत हुनसक्ने सम्भावना छ, सचेत रही व्यवहार गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ भने कार्यगति बढ्ने योग छ ।

तुला – आर्थिक लाभ हुने दिन छ, व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । काममा जोश-जाँगर आउनाले मन प्रफुल्ल रहनेछ । सेयरबजारसम्बन्धी कार्यमा पनि सफलता मिल्ने योग छ । पुराना साथीभाइसँग पनि भेट होला, मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने देखिन्छ । प्रेमभाव वृद्धि र सुख पनि बढ्नेछ । आरोग्यबल रहला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ र आजको दिन केही प्रतिकुल रहने देखिन्छ । आफ्नै कमजोरीले वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनुहोला । अनायसै रुपैयापैसाको पनि क्षति हुनसक्ने समय छ । मनमा पीडाले घर गर्ने सम्भावना छ । परिवारजनमा असमझदारी बढ्ने तथा मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने योग रहेकोले विशेष होसियारी अपनाएर व्यवहार गर्नु उचित हुनेछ । प्रतिष्पर्धीहरु भारी पर्नसक्छन्, ध्यान राख्नुहोला ।

धनु – व्यस्तता बढ्नेछ तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने मानसम्मान पनि पाइएला । व्यवहारकै आधारमा धेरैको मन लोभ्याउन सकिनेछ । ब्यापार–व्यवसायमा लाभ मिलेपनि नोकरीमा झमेलाको सामना गनुपर्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन सोचेको काम बन्नाले मन हर्षित हुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान्यजनको आगमका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला । सुखको अनुभुति हुनेछ । आज सन्तानपक्षबाट पनि सुखको समाचार सुन्न पाइएला । पराक्रम बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि सामानय गडबडीको संकेत गर्दैछ, खानपिनमा विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षति हुने योग परेको छ । आज सोच्दै नसोचेको ठाउमा धन जाँदैछ, होसियार रहनुहोला । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।