विद्या भण्डारी ऐतिहासिक ब्यक्तित्व मदनकी पत्नी भएकोले मात्र उहाँको आवश्यकता खट्किएको बुझ्नु उपयुक्त होइन । उहाँले मन्त्रीका रूपमा अनेकौँ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो, तर कहिल्यै विवादमा पर्नुभएन । रक्षामन्त्रीको जिम्मेवारीमा रहँदा कुनै पार्टीविशेषका निम्ति लडेका गुरिल्लालाई राष्ट्रिय सेनामा प्रवेश गराउन नहुने भन्दै विद्याले लिनुभएको अडानकै कारण सेनाले सूरक्षित हुने मौका पाएको हो भन्दा अत्युक्ति हुनेछैन ।
✍ देवप्रकाश त्रिपाठी
‘राजा मर्दैमा राज्य हराउँदैन’ भन्ने पुरानो नेपाली उखानको सिधा अर्थ हुन्छ- ‘राजनीतिकर्मी अर्थात् राज्य सञ्चालकहरू अस्थायी हुन्छन्, तर राज्य राजनीतिक अर्थमा स्थायी हुन्छ र कोही ब्यक्ति विशेष नरहँदैमा राज्य बर्बाद हुन्छ भन्ने होइन ।’ तथापि, चेसको खेलमा कहिले कुनको त कहिले कुनैको भूमिका महत्वपूर्ण भएजस्तै राजनीतिमा पनि परिस्थितिले मानिसको भूमिका र आवश्यकता निर्धारण गर्नेगर्छ ।
राजनीतिमा नयाँ मानिसप्रति एकप्रकारको आशा रहन्छ, परीक्षण नभएका मानिसप्रति आकर्षण रहने कारण अवसर पाउँदा केही गर्छन् कि भन्ने आशाले हो । तर, हाम्रो जस्तो विपन्न चेतको मुलुकमा अधिकाङ्श मानिस परीक्षणमा अनुत्तीर्ण हुने गर्दछन् । राजनीतिक जिम्मेवारी हरेक राजनीतिकर्मीका निम्ति एउटा सुवर्ण मौका हो, त्यस्तो मौकालाई आफै कमाउने र रमाउने अवसर ठान्दै सत्ताकेन्द्रीत राजनीति गर्ने संस्कार, संस्कृति र प्रवृत्ति विपन्न मुलुकमा देखिने गर्छ भने समृद्ध मुलुकका राजनीतिकर्मीहरू त्यस्तो मौकालाई राष्ट्रहितमा आफ्नो क्षमता देखाउने अवसरका रूपमा उपयोग गर्ने गर्दछन् । त्यसैले विपन्न मुलुकको राजनीतिमा जिम्मेवारी प्राप्त गर्दाको समयमा पनि पदको दुरुपयोग नगर्ने या राष्ट्रिय हितमा अडान राख्ने कोही भेटिनुलाई दुर्लभ घटना मानिन्छ । नेपालमा पनि त्यस्ता दुर्लभ घटना भएका छन्, नेपालको एकीकरण यताका दर्जनौँ कार्यकारी जिम्मेवारीका पात्रहरूमध्ये परीक्षणमा उत्रिन सफलहरूमा बहादुर शाह, राजेन्द्रलक्ष्मी, जङ्गबहादुर राणा, देव शमशेर, चन्द्र शमशेर, राजा महेन्द्र, बीपी कोइराला, टङ्कप्रसाद आचार्य, किर्तिनिधि बिष्ट, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र मरिचमान सिंह श्रेष्ठलाई लिन सकिन्छ ।
देशको कार्यकारी जिम्मेवारी प्राप्त नगरेका भएपनि उच्च भूमिकाका कारण गणेशमान सिंह र मदन भण्डारीलाई बेग्लै सम्मानका साथ हेरिन्छ । वर्तमान राजनीतिको शीर्ष जिम्मेवारीमा रहेकाहरू मध्ये राष्ट्रियताको प्रश्नमा केपी शर्मा ओली तुलनात्मक रूपमा अब्बल ठहरिन सक्छन् । ओलीका केही अडान र दृष्टिकोणले नेपाली राष्ट्रियतालाई थप क्षति हुनबाट जोगाएको तथ्य स्वीकार गर्न नखोज्नु भनेको राम्रो गर्न खोज्नेहरूलाई प्रोत्साहन नगर्नु हो । थोरै भएपनि सकारात्मक भूमिका निर्वाह गरेका मानिसलाई कर्मका आधारमा जस (यश) दिन कन्जुस्याइँ गर्नु या नकारात्मक भूमिकाका पात्रहरूकै लहरमा राखेर तिनको मानमर्दन गर्नु भनेको कसैलाई पनि राम्रो कार्यका निम्ति प्रोत्साहन नगर्नु हो । बामपन्थी समूहका काङ्ग्रेस र अति बामपन्थी समूहका माओवादी पार्टीहरू पन्ध्र जातीय राज्यमा नेपाललाई खण्डित गर्न सहमत हुँदा पनि केपी ओली नेतृत्वको एमाले त्यस्तो अवधारणाका विरूद्ध चट्टानी अडानका साथ उभियो, फलस्वरूप देश सातवटा प्रदेशमा सीमित भएको छ । सातवटै प्रदेशको नाम जातीय आधारमा राख्न भएको षड्यन्त्रलाई चिर्दै सर्वस्वीकार्य नामाकरण गराउन पनि केपीकै निर्णायक भूमिका छ ।
एक समय नेपालको प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाले अमेरिकाको राजदूत पद ग्रहण गर्नुपरेको थियो । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा गृहमन्त्री बनेका वरिष्ठ नेता योगप्रसाद उपाध्यायले पनि राजदूत बनेर जिम्मेवारी निर्वाह गर्नुपरेको थियो । सिङ्गापुरका निर्माता ली क्वान यू ले लामो समय प्रधानमन्त्रीको हैसियतमा काम गरेपछि आवश्यकताले मन्त्रीको जिम्मेवारी स्वीकार गर्नुपरेको थियो । रसियाको अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनर्स्थापित गर्न कटिबद्ध भ्लादिमिर पुटिनले पनि राष्ट्रपति भइसकेपछि प्रधानमन्त्रीको पदीय जिम्मेवारी ग्रहण गर्नु परेको थियो ।
भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरूको संयुक्त वक्तब्य (२०७५ सालमा) जारी हुन नसक्नुको रहस्य बुझियो भने केपी समकालीन अन्य नेताभन्दा सकारात्मक अर्थमा पृथक भएको स्पष्ट हुन्छ । हो, केपीका पनि अनेकौँ कमजोर पाटा छन्, तर राष्ट्रियताको प्रश्नमा केपी अन्य नेताहरू भन्दा दृढ देखिँदै आएका छन् । देशमा यतिबेला राजनेताको सख्त अभाव महसूस गरिएको छ र, यो अभावको पुर्ती गराउनसक्ने हैसियत भएका दल काङ्ग्रेस र एमाले मात्र छन । तर काङ्ग्रेसले गणेशमान र कृष्णप्रसाद भट्टराईपछि राजनेताको हैसियत राख्ने नेता पैदा गर्न सकेको छैन, एमालेका अध्यक्ष केपी शर्मा ओली राजनेताको हैसियतका नेताको कोटिमा पर्नुहुन्छ । एमालेको मात्र नेता भएर बस्न हुने या मिल्ने स्थितिमा केपी हुनुहुन्न, उहाँले राजनेताको भूमिकामा आफूलाई रूपान्तरण गर्न ढिला गर्न नमिल्ने अवस्था आएको महसूस गर्न थालिएको छ । त्यसैले केपीपछि एमालेमा केपीकै स्तरको बहुस्वीकार्य हुनसक्ने र बलियो राष्ट्रिय अडान राख्नसक्ने को हुनसक्लान् भन्ने जिज्ञासा सर्वत्र प्रकट हुन थालेको छ ।
ईश्वर पोखरेल, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल र पृथ्वी सुब्बा गुरुङलगायतलाई केपीको उत्तराधिकारीका रूपमा हेरिन्छ । एमालेमा पुऱ्याउनु भएको योगदानका आधारमा उहाँहरूलाई उत्तराधिकारीका रूपमा हेरिनु स्वभाविक छ र, जिम्मेवारी आइलाग्दा पूरा गर्नसक्ने क्षमता र योग्यता पनि उहाँहरूमा हुनसक्छ । तर उल्लिखित नेताहरूमध्ये एकलाई अन्य सबैले स्वीकार गर्नसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । आफैलाई केपीको उत्तराधिकारी ठान्ने समान धारणा सबैमा भेटिन्छ ! त्यसैले उल्लिखित सबैजसोलाई स्वीकार्य हुनसक्ने ब्यक्तित्व/नेतृत्व एमालेमा आवश्यकता बन्दै गएको देखिन्छ । र, यसक्रममा त्यस किसिमको स्वीकार्य ब्यक्तित्वको एमालेमा प्रादुर्भाव भैसकेको स्थिति पनि छैन । यो अवस्थामा चाहेर या नचाहेर पनि विद्या भण्डारीजीले एमालेको नेतृत्व सम्हालिदिनुपर्ने बाध्यात्मक आवश्यकताको स्थिति देखापर्दैछ । एमाले नेपालको एकमात्र सुगठित राजनीतिक संस्था हो र यसको राष्ट्रिय स्वरूपको रक्षाले अन्ततः लाभ पुग्ने भनेको मुलुकलाई नै हो । समूहवादी सस्कारबाट एमाले अलिक बाहिर निस्कन सक्नुपर्छ भन्ने मतमा विमति जनाउनुपर्ने अवस्था नभएपनि वर्तमानमा नेपाली जनताका निम्ति एउटा बलियो राजनीतिक सस्थाको अपरिहार्यता छ र उक्त दलमा विग्रह र विभाजनको अवस्था उत्पन्न हुन नदिन पनि स्वीकार्य नेतृत्वको आवश्यकता खट्किएको हो ।
ब्यक्तिगत जीवनलाई सफलता र असफलताको कसीमा राखेर हेर्दा विद्या भण्डारीजीले मानव निर्मित उचाई प्राप्त गरिसक्नुभएको छ, राष्ट्रपति भन्दामाथिको पद सिर्जना नभएको जगतमा उक्त पदीय जिम्मेवारी प्राप्त गरिसकेपछि सामान्य अवस्थामा तल ओर्लिनुपर्ने हुँदैन । तर कहिलेकाहीँ आवश्यकताले मानिसलाई विभिन्न भूमिकामा देखापर्न बाध्य तुल्याएको हुन्छ । एक समय नेपालको प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाले अमेरिकाको राजदूत पद ग्रहण गर्नुपरेको थियो । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा गृहमन्त्री बनेका वरिष्ठ नेता योगप्रसाद उपाध्यायले पनि राजदूत बनेर जिम्मेवारी निर्वाह गर्नुपरेको थियो । सिङ्गापुरका निर्माता ली क्वान यू ले लामो समय प्रधानमन्त्रीको हैसियतमा काम गरेपछि आवश्यकताले मन्त्रीको जिम्मेवारी स्वीकार गर्नुपरेको थियो । रसियाको अन्तर्राष्ट्रिय प्रतिष्ठा पुनर्स्थापित गर्न कटिबद्ध भ्लादिमिर पुटिनले पनि राष्ट्रपति भइसकेपछि प्रधानमन्त्रीको पदीय जिम्मेवारी ग्रहण गर्नु परेको थियो । यसरी सर्वोच्च पदीय जिम्मेवारी प्राप्त गरिसकेपछि पनि तल्लो तहको पदीय भूमिका निर्वाह गरेका अनेक दृष्टान्त विश्व इतिहासमा पाइन्छ । त्यस्तै आवश्यकताले विद्या भण्डारीजीलाई पनि पार्टी राजनीतिमा फर्कन बाध्य तुल्याउँदैछ ।
विद्या भण्डारी ऐतिहासिक ब्यक्तित्व मदनकी पत्नी भएकोले मात्र उहाँको आवश्यकता खट्किएको बुझ्नु उपयुक्त होइन । त्यो एउटा भावनात्मक पक्ष मात्र हो, उहाँले मन्त्रीका रूपमा अनेकौँ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो, तर कहिल्यै विवादमा पर्नुभएन । रक्षामन्त्रीको जिम्मेवारीमा रहँदा विद्याले राष्ट्रिय सेनाको रक्षाका निम्ति जुन अडान लिनुभएको थियो त्यसले उहाँको अन्तरदृष्टि उजागर गरेको महसूस आम मानिसलाई गराएको थियो । कुनै पार्टी विशेषका निम्ति लडेका गुरिल्लालाई राष्ट्रिय सेनामा प्रवेश गराउन नहुने भन्दै विद्याले लिनुभएको अडानकै कारण सेनाले सूरक्षित हुने मौका पाएको हो भन्दा अत्युक्ति हुनेछैन ।
रक्षामन्त्रीको जिम्मेवारीमा रहँदा विद्याले राष्ट्रिय सेनाको रक्षाका निम्ति जुन अडान लिनुभएको थियो त्यसले उहाँको अन्तरदृष्टि उजागर गरेको महसूस आम मानिसलाई गराएको थियो । कुनै पार्टी विशेषका निम्ति लडेका गुरिल्लालाई राष्ट्रिय सेनामा प्रवेश गराउन नहुने भन्दै विद्याले लिनु भएको अडानकै कारण सेनाले सूरक्षित हुने मौका पाएको हो भन्दा अत्युक्ति हुनेछैन ।
नेपाली राजनीतिमा प्रकट भएका महिलाहरूमध्ये धेरैले आफूलाई जोगाउन सकेनन् । राजा वीरेन्द्रकी रानी ऐश्वर्यको कुरालाई थाती राखेर हेर्दा पनि नोना कोइराला, सुजाता कोइराला, हिशिला यमी, आरजु राणा, मन्जु खाण, गंगा दाहाल आदिले राजनीतिक हैसियतको रक्षा गर्न सकेनन्, नाम भन्दा बदनामीले उनीहरूलाई चिनाएको छ । शैलजा आचार्य यसमा अपवाद हुन्, शैलजापछि प्रतिष्ठा कायम गर्ने सफलता विद्यालाई मिलेको छ । विद्याका आलोचकहरूले पनि उहाँमाथि कुनै गम्भीर आरोप लगाउन सकेका छैनन् । राष्ट्रपतिको जिम्मेवारीमा रहँदा मन्त्रिमण्डलको निर्णय अर्थात् सरकारद्वारा गरिएका सिफारिशको विधिवत अनुमोदन हुँदा उहाँमाथि अवान्छित टीकाटिप्पणी भएका थिए । उहाँको पहिरनलाई लिएरसमेत टिप्पणी हुन्थ्यो, त्यसबेला ! तर कसैले पनि भ्रष्टाचार तथा गम्भीर प्रकृतिको आरोप उहाँमाथि लगाउन सकेनन् । किनभने, विद्या भण्डारीबाट अनियमित कार्य भएको आशङ्कासम्म गरिँदैन ।
नागरिकतासम्बन्धी विधेयकमा विद्याले जुन अडान राख्नुभयो त्यसले उहाँमा निहीत राष्ट्रप्रेम र राष्ट्रवादी भावनाको खुलासा गरेको थियो । संविधानको संरक्षण गर्ने दायित्व राष्ट्रप्रमुखको भएको स्पष्ट गर्दै उहाँले देशको संरक्षण आफ्नो पहिलो दायित्व भएको सन्देश प्रवाह गर्नुभएको थियो । नागरिकता विधेयकमा उहाँका अडान केवल नेपाल र नेपालीको हितमा भएको पुष्टि समयाक्रममा हुने नै छ ।
समग्रमा विद्या भण्डारीजी एक इमान्दार र भरोसायोग्य नेतृ हुनुहुन्छ भन्ने तथ्य उहाँकै विगतले प्रमाणित गरिसकेको छ । विद्या जत्तिको ब्यक्तित्व एमालेका निम्ति मात्र नभै समग्र राष्ट्रकै निमित्तसमेत उपयोगी हुने देखिएकोले सक्रिय राजनीतिमा उहाँको पुनरागमन राष्ट्रिय आवश्यकता र बाध्यता बनेको छ । उहाँले पहिलेको राष्ट्रपतिले झैँ सूरक्षाकर्मीको लावालस्कर पनि आफूसँग राख्नुभएको छैन र आफ्नो घर हुँदाहुँदै राज्यबाट घरभाडाबापतको रकम असुल्नेजस्ता कार्य पनि उहाँबाट भइरहेको छैन । देशलाई समृद्ध र समुन्नत बनाउने अभीष्ट लिएर हिँडेका मानिसको यात्रा कहिल्यै रोकिँदैन र हामी कसैले रोकिदिनु पनि हुँदैन । बरु हामी सबै नेपालीले एकपटक पुनः उहाँलाई शुभकामना भनौँ । ‘राष्ट्रपति बनिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनुपनेृ किन’ भन्ने जस्ता बेतुकका प्रश्न उठाएर आफ्नो र देशको समय बर्बाद नगरौँ । जय मातृभूमि !
प्रतिक्रिया