आजको पञ्चाङ्ग एवम् राशिफल (१६ आषाढ २०८१ आइतबार, ३० जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ आषाढ २०८१ आइतबार, ३० जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १६ गते तद्अनुसार सन् २०२४ जुन ३० तारिख आइतबार आषाढ कृष्ण पक्षको नवमी तिथि रेवती नक्षत्र ९ः०४ पर अश्विनी नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा ९ः०४ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । केही नयाँ काम थाल्नका लागि उपयुक्त समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आज तपाईंले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । साथै रुपैयापैसाको कारोबार पनि राम्रै होला । रसरागमा आकर्षण वृद्धिका साथै दाम्पत्यजीवन सुखद रहनेछ

वृष – अनुकुलता वृद्धि हुने र साथीभाइसित बसेर छलफल गरी आर्थिकलाभको मार्ग पत्ता लगाउन सकिने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । आजको दिन आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने योग छ । परिवारमा भने सामान्य विवादको सम्भावना देखिन्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनुहोला । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन चुनौतीयुक्त हुने देखिन्छ । महत्वपूर्ण काममा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । अल्छीपनले सताउला । स्वास्थ्यसम्बनधी समस्याले आर्थिक हानी गराउन सक्छ । नियमित कार्यमा पनि ढिलासुस्ती हुने समय छ । यसका बाबजुद आर्थिक कार्यमा आकर्षण बढ्ने र शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । बौद्धिकता र रचनात्मकतामा निखार आउला । विरोधिपक्ष वशमा रहलान् ।

कर्कट – कर्मबल र शुभता बढ्नेछ । परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । आर्थिक पक्षमा सफलता मिल्नुका साथै निकट मित्रजनसँगको भेटले मन रमाउनेछ । घरमा पाहुनाको आगमन हुनसक्छ । बुद्घिविवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । मिठो भोजन प्राप्त हुनेछ । खेकुद तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – चिताएको काममा सफलता पाइने र प्रगतिको प्रशस्त सम्भावना रहेको दिन छ । परिश्रम गर्न सकेजति खेर जाँदैन र अर्थलाभ हुनेछ । महत्वपूर्ण योजनामा विशिष्टजनको साथ-समर्थन मिल्नेछ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन रमाउने योग छ । मनेरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित होला । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

कन्या – आजको दिन मिश्रित फलदायी रहला । दोडधुप बढ्ने देखिन्छ । लाभदायक यात्राको सम्भावना छ, तर यात्रा केही कष्टप्रद हुन सक्छ । परिवारमा हल्का विवादको योग छ । स्वास्थ्यगत सामान्य समस्याको सम्भावना रहेकोले खानपानलगायतमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । अनौठो तरिकाबाट आर्थिकलाभ मिल्नसक्ने समय छ ।

तुला – आजको दिन सोचेअनुसार काम नहुनाले मनमा केही छटपटीको भाव पैदा हुनसक्छ । खर्च पनि केही वृद्धि होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, सावधानी अपनाउनु हितकर हुनेछ । अनावश्यक कार्यमा धन खर्च हुनसक्छ, आर्थिक कारोबारमा विशेष सचेतना अपनाउनुहोला । मिठो भोजनप्राप्ति र नजिकका मित्रजनसँगको भेटघाट तथा छलफलले सन्तुष्टि दिलाउनेछ ।

वृश्चिक – सोचेको काम पुरा नहुन सक्ने समय छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहने देखिन्छ । दिनको सुरुवात राम्रै भएपनि पछिल्लो प्रहर असन्तुष्टिले घर गर्नसक्छ । तथापि, जटिल ठानिएको काम तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । खर्चको मात्रा वृद्धि हुन सक्छ, सजग रही आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ ।

धनु – अध्ययन तथा अध्यापनमा खासै मन नलागेपनि शत्रु र रोग पन्छाउने दृष्टिले उचित समय छ, प्रयास गर्नु उचित हुनेछ । आजको दिन आर्थिकलाभको योग छ, नचिताएको ठाउँबाट आम्दानी हुनसक्छ । आम्दानीका नयाँ मार्ग खुल्न सक्छन् । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुने देखिन्छ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – व्यस्तता बढ्नेछ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । खर्चको मात्रा केही बढ्नसक्छ, सचेत रहनुहोला । नयाँ काम शुरु गर्नका लागि उचित समय छ । परिवारमा आर्थिक समस्याले सताउने योग छ । सन्तानपक्षबाट सुखको अनुभुति हुनेछ । नियमकानूनले साथ दिनेछ भने दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन नियमित कार्यमा चुनौती बढ्न सक्छ । महत्वपूर्ण योजनामा समयमै निर्णय गर्न नसक्दा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । कसैसँग विवाद तथा झैझगडाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सिर्जनात्मक कार्यले सन्तोष दिलाउनेछ ।

मीन – आजको दिन मिश्रित फलदायी रहला । मनमा त्यसै-त्यसै डरको भावले डेरा जमाउन सक्छ । आरोग्यता रहनेछ भने आफन्तजनको साथ-सहयोग मिल्नेछ । जागिरमा भने खासै मन नजाला । धन-मान पाउने योग छ । परिवारमा व्यक्तिगत वर्चश्व वृद्धि हुनेछ । सुख विलासको भाव जागृत हुनेछ ।