✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ १७ गते तद्अनुसार सन् २०२४ जुलाइ १ तारिख सोमबार आषाढ कृष्ण पक्षको दशमी तिथी अश्विनी नक्षत्र ७ः३४ पर भरणी नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ । बाध्यताका काममा जुट्नुपर्दा मन असन्तुष्ट रहला । काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आज नगर्नु उचित हुनेछ । यात्रागत कार्यमा भने आंशिक सफलताको योग छ । इष्टमित्र तपाईंको पक्षमा रहनेछन् ।
वृष – दिन शुभदायी छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनलाभको योग छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ । आफन्तका साथै मित्रजनको साथ-समर्थन मिल्ने समय छ । शुभ समाचार प्राप्त हुनाले आनन्द वृद्धिको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु हितकर होला । धन आर्जन हुने योग परेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । परिवारमा पनि खुशिको माहोल छाउने देखिन्छ । आयवृद्धि र मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यपन वृद्धि होला ।
कर्कट – आजको दिन मिश्रित फलदायी रहला । अध्ययन तथा अध्यापन कार्यमा मन जानेछ । तर, व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्, सचेत रही कार्य गर्नुहोला । यात्राको योग छ । नसोचेको स्थानबाट आर्थिक लाभ हुने देखिन्छ । ब्यस्तता बढ्ने तर रोकिएको काम बन्ने समय छ । रसरागमा आकर्षण रहला ।
सिंह – सोचेअनुसार काम बन्न कठिन छ । केही पैसाको हानी पनि हुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सबल स्वास्थ्यको लागि खानपिनमा सजक रहनु हितकर होला । पारिवारिक सुखशान्ति कायम राख्न विशेष प्रयत्नको खाँचो छ ।
कन्या – अधुरा काम बन्ने तथा नयाँ कामको जिम्मेवारी मिल्नसक्ने समय छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ, तर विद्यार्जनमा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे अधुरा काममा सफलता मिल्ने योग छ । कार्यगति बढ्नेछ । खर्च भने केही वृद्धि हुनसक्छ ।
तुला – भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । व्यापार तथा उद्योगमा फाइदाको योग छ । नसोचेको ठाउँबाट केही लाभ हुने देखिन्छ । पारिवारिक सुखशान्ति मिल्नेछ । स्वास्थ्य सबल रहला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनुपर्नेछ । कामहरु सजिलैसँग बन्नेछन् । रमाइलो तरिकाले योजनाहरु अघि बढाउन सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापारमा ठिकैमात्र छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ ।
धनु – स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने दिन छ । खर्च घटाउन विशेष सजगता अपनाउनुपर्ला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग रहेकोले अरुको कममात्र भर पर्नृुृहोला । चोटपटक लाग्नुबाट जोगिन सजग रहनुपर्ने समय छ । प्रेमभाव बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – प्रतिद्वन्द्वीहरु सक्रिय रहने समय छ । हानी नै नगरे पनि काममा बाधा दिन सक्ने हुँदा विशेष सजगताको दरकार छ ।, जागीरमा पनि समस्या देखापर्ने योग छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ । मान सम्मान मिले पनि मनमा डर रहनसक्छ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – दिन सुखद एवम् मनोरञ्जनपूर्ण रहने देखिन्छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, तर यात्रागत कार्य भने जोगिएर गर्नुपर्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । रचनात्मकता र पराक्रमता वृद्धि हुनेछ ।
मीन – दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउने देखिन्छ । नोकरी तथा राजनिितमा गरेका प्रयासहरु फलदायी रहनेछन् । मित्रजनले तपाईंको बोली र व्यक्तित्वको प्रशंसा गर्नेछन् । मिठो भोजन प्राप्ति र मनोरञ्जनात्मक यात्राको सम्भावना छ । मान वृद्धि हुनेछ ।
प्रतिक्रिया