‘सत्ता-गठबन्धनबारेका चर्चा असत्य’ : मन्त्री शर्मा

‘सत्ता-गठबन्धनबारेका चर्चा असत्य’ : मन्त्री शर्मा


सरकारको प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री प्रचण्डले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पार्नुभएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताउनुभयो । ‘गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन’, उहाँले भन्नुभयो, ‘गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताउनुभयो ।

file photo: rss