आजको पञ्चाङ्ग एवम् राशिफल (१८ आषाढ २०८१ मंगलबार, २ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ आषाढ २०८१ मंगलबार, २ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ १८ गते तद्अनुसार सन् २०२४ जुलाइ २ तारिख मंगलबार आषाढ कृष्ण पक्षको एकादशी तिथि ८ः४९ बजेसम्म त्यसपछि द्वादशी तिथि भरणी नक्षत्र ६ः१६ पर कृतिका नक्षत्र धृति योग कौलव करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा १२ः०० पर वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । योगिनीएकादशी व्रत, खेलकुद पत्रकार दिवस, त्रिपुष्कर योग ८ः४९ पछि ।

आजको राशिफल

मेष – चाहेअनुसार आजको दिन त्यति सुखद नरहन सक्छ । आवश्यकताभन्दा ज्यादा बोल्न खोज्दा बन्न लागेको काम पनि बिग्रन सक्छ, ध्यान पुऱ्याउनु उचित हुनेछ । सन्तान पक्षबाट खोजेजस्तो सहयोग नपाउँदा मन दुख्न सक्छ, धैर्यताको जरुरत छ । स्वास्थ्य पनि सबल नरहन सक्छ । समस्यामा मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – आजको दिन काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । जाँगर वृद्धि हुनेछ भने रोकिएका कामहरु बन्न थाल्ने योग छ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर होला । मित्रजनबाट साथ–समर्थन मिल्ने समय छ । खर्च भने केही वृद्धि हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य सार्थक बन्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नियमित काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने समय छ । उद्योग धन्दामा लगानी गर्दा फाइदा हुने देखिन्छ । गर्दै आएको कामबाट फाइदा हुने योग छ । धनलाभ होला । आर्थिक कार्यमा आकर्षण रहनुका साथै कर्मबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।

कर्कट – कर्मबल र शुभता बढ्नेछ । बिस्तारै कामहरु बन्न थाल्नेछन् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । घरपरिवारबाट सुखशान्ति मिल्ला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । फजुल खर्च पनि वृद्धि होला । कामकै पछि लागेपनि परिणाम आधा–अधुरो रहने सम्भावना छ । मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नाले महत्वपूर्ण कर्म बिथोलिन सक्छ, सचेत रहनुहोला ।

कन्या – काममा खासै मन नगएपनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । दौडधुप बढ्ला, तर प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । नयाँ लुगा र मीठा परिकारको आनन्द मिल्ने देखिन्छ । यात्रागत कार्य गर्नुछ भने त्यसै–त्यसै अलमल हुन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने समय छ । आत्मबल बढ्नेछ भने ब्यापारमा सोचेअनुरुपकै लाभ होला । धैर्यधारण गरी परिश्रम गर्दा सुखद परिणति मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । आरोग्यबल बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।

वृश्चिक – अधुरो काम सम्पन्न हुने खालको दिन रहेको छ । पैतृक सम्पतिबाट लाभ हुनेछ भने व्यवसायिक कार्यमा आर्थिक लाभ पनि होला । धार्मिक कार्यमा संलग्न हुने समय छ । प्रेमभाव बढ्नेछ । रोकिएको काम विशेष मिहेनतले बन्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ । आजको दिन केही विवादमा परिने योग छ, सावधान रहनु हितकर होला । सोचेको काम पूरा गर्न निकै परिश्रम पर्ला । समय खासै राम्रो नभएकोले विशेष सावधानी अपनाउनु उचित हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । दिन चुनौतीयुक्त रहला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । घर-परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने योग छ ।

कुम्भ – शुभदायी समय छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध रहला । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । समग्रमा दिन रमाइलोको साथ बित्ने देखिन्छ ।

मीन – उत्साहजनक समय छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान–सम्मान पनि पाइएला । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने योग छ । सेवाभाव वृद्धिका साथै दान पुण्यका कार्यमा आकर्षण रहनेछ । आरोग्यता रहनेछ । सुख–सुविधाको वस्तु बढ्नेछ ।