रोल्पामा जिप दुर्घटना, सात जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना, सात जनाको मृत्यु


रोल्पाको तालाबाङमा सोमबार (१७ असार) भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ-तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक दुर्घटनामा परेको हो । जिप सडकभन्दा ४ सय मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा तालावाङका ३३ वर्षीया जुनमाया खड्का, दाबाङकी ३० वर्षीया अमृता घर्ती र उनकी नाबालक छोरी, राङ्सीकी ३३ वर्षीया रामकली पुन, सोही स्थानका ७० वर्षीय झुपलाल डाँगी, तालावाङका ७७ वर्षीय खडकबहादुर डाँगी, र पहिचान हुन नसकेका अर्का एक जना रहेका छन् ।

सडकमा पहिले नै झरेर थुप्रिएको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।