राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयमा आज (१८ असार) अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिएका छन् ।

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुऱ्याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।