परिवर्तन

परिवर्तन


दाइँमा गोरु घुमे झैँ
या भनौँ
त्रिपुरेश्वरको ट्रलिबस
सुर्यविनायक-त्रिपुरेश्वरको यात्रामा
निरन्तर गुडिरहेझैँ
प्रवाहवान भइरहने
चुच्चेढुङ्गो उहि टुंगोको
परिवर्तनले
केही तात्विक फरकपना देला र ?
भन्नेहरूले धेरैथोक भन्यौ होला
फलाक्नेहरूका घाँटी सुके होलान्
सपना बुन्नेहरूका लामै कथा होलान्
आखिर आधा शताब्दी भन्दा बढी समयले के परिवर्तन पायो ?
विभिन्न तन्त्रहरू आउनु र जानुमा विभिन्न वादहरू जन्मनु र मर्नुमा
आखिर भाग र भिसामै समय अल्मलिएपछि
भोलि बास्ने बिहानले
के पो परिवर्तनको
आश राख्ने होला ?
इतिहाससँग फेरि एकपल्ट
सोध्नुपर्ने पो हो कि ?

  • भोजपुर