पाँच किलो अफिमसहित दुई जना पक्राउ

पाँच किलो अफिमसहित दुई जना पक्राउ


बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित हवल्दारपुरबाट प्रहरीले पाँच किलो आठ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जाजजरकोटको शिवालय गाउँपालिका-७ घर भइ बर्दियाको बासगढी नगरपालिका-९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका-८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो ।

हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरुको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्वरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनीहरुलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।