प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले मंगलबार (१८ असार) सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

कुशवाहाको आदर्श कोतवाल गाँउपालिका-३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ । हत्याका मुख्य दोषी भने फरार छन् । निजलाई पक्राउ गर्न प्रहरीले मित्रष्ट्र भारतका सुरक्षा अधिकारीसँग निरन्तर सम्पर्कमा बसी खोजतलास तीव्र पारिरहेको प्रहरी प्रवक्ता न्यौपानेको भनाइ छ ।

गोली हान्ने मुख्य दोषी पक्राउ गर्न नागरिक अगुवा, क्याम्पस व्यवस्थापन समिति, कर्मचारी, राजनीतिकर्मी र विद्यार्थीले दबाब दिँदै आएका छन् । कुशवाहाको हत्याले सिङ्गो जिल्लामा त्रास फैलिएको छ । बारामा आठ महिना अवधिमा चार जनाको गोली हानी हत्या भएको छ ।