आजको पञ्चाङ्ग एवम् राशिफल (१९ आषाढ २०८१ बुधबार, ३ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ आषाढ २०८१ बुधबार, ३ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ १९ गते तद्अनुसार सन् २०२४ जुलाई ३ तारिख बुधबार आषाढ कृष्ण पक्षको द्वादशी ७ः०२ पर त्रयोदशी तिथि कृतिका नक्षत्र ५ः१६ पर रोहिणी नक्षत्र शूल योग गर करण आनन्दादिमा सिद्धि योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – आजको दिन केही चुनाौतीयुक्त रहनेछ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्न सक्छ । विश्वासपात्रले धोका दिनेछन् । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको योग छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

वृष – काममा विलम्ब र चुनौती सामना गर्नुपर्ने समय छ । एक्लोपनाको अनुभूति होला । विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । अपयश समेत सम्भावना छ, सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ, अत्यन्त सजग रही बोली र व्यवहार गर्नु उचित हुनेछ । यात्रापरक काममा सफलता मिल्नेछ ।

मिथुन – मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर, विद्यार्थीका लागि प्रतिकुल समय छ, पढाइलेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । साझेदारीमा विवाको सम्भावना भएकोले सचेतनाको खाँचो छ । प्रतिकुलताका बाबजुद परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । पराक्रमका साथै रचनात्मकता बढ्नेछ । शत्रुपक्ष कमजोर देखिनेछन् ।

कर्कट – विद्यार्थीहरू वर्गका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति होला । अतिरिक्त आम्दानी बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । कर्मबल र आय वृद्धि हुनेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – समाजसेवा र परोपकारका कार्य सम्पन्न हुने दिन छ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । नयाँ उद्योग-धन्दा थालनीको योजना छ भने उचित समय छ । तथापि, आयआर्जनको कमीले ठूलो प्रगतिमा भने बाधा पुग्न सक्छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँग सम्बन्ध चिसिन सक्छ, व्यवहारमा संयमता अपनाउनुहोला । कर्मबल बढ्नेछ । पारिवारिक सुख रहनेछ ।

कन्या – आजको दिन स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने सम्भावना छ । झुटा आरोप आइलाग्न सक्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रामा रहेका र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । धन कमाउने अवसर जुट्ला । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।

तुला – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । अध्ययन तथा अध्यापनमा राम्रो प्रगति हुनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । नजिकका मित्रजनबाट चाहेअनुसार सहयोग नमिल्न सक्छ, सचेत रहनु उचित होला ।

वृश्चिक – ब्यस्तता वृद्धि होला । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय बिस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ, सोच्ने शक्ति बढ्नेछ । कुराकाटनेहरु प्रशंसा गर्न थाल्नेछन् । तथापि, विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । रोकिएको काम अथक मिहिनेतले बन्नेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्नेछ, मानसम्मान पाइनेछ । जीवनसाथीबाट साथ–सहयोग मिल्नाले कामहरूसफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुने समय छ । आरोग्यता बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – चाहेर पनि बुद्धि-विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तान पक्षबाट भने लाभ र सुख मिल्ने देखिन्छ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने दिन छ । आम्दानीका विभिन्न माध्यम फेलापर्न सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – पराक्रम वृद्धि हुनेछ । केही चुनौती बढेपनि विभिन्न अवसरले पछ्याउने समय छ । आयआर्जनका स्रोतहरू भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने देखिन्छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिएला । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ ।