सामुदायिक विद्यालयको एसईई उत्तीर्ण ७८ प्रतिशत

सामुदायिक विद्यालयको एसईई उत्तीर्ण ७८ प्रतिशत


काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५ सय ४५ जना (१३ दशमलव ७७ प्रतिशत) विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेको शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिएका छन् ।

गत वर्ष १ सय ५० जना (३ दशमवल ८३ प्रतिशत) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष २ सय ५९ प्रतिशत सुधार आएको छ ।

५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना अर्थात् ७८ प्रतिशत उत्तीर्ण भएका छन् । ८ सय ७३ जना अर्थात् २२ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यस वर्षको नतिजाले दर्शाएअनुसार काठमाडौंको विश्व निकेतन स्कुल देशभरमै ४ जिपिए हासिल गर्ने धेरै विद्यार्थी रहेको विद्यालय बन्न पुगेको छ ।