पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु


धनुषामा पोखरीमा डुबेर आज (२० असार) तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका-५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०-१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवालेले जानकारी दिए । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।

बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।