गृहमन्त्री रवि लामिछानेको स्वार्थमा गृहसचिवनेतृत्वको समितिद्वारा नियमविपरीत एक दिनका लागि एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) बनाउन सिफारिस गरिएका डिआइजी पोषराज पोखरेल डिआइजी ओहदाबाटै अवकाशमा जाने भएका छन् । पोखरेल आज (२१ असार) राति १२ बजेबाट अवकाशमा जाने भएका हुन् ।
गृहमन्त्री लामिछानेका विवादित मुद्दाहरुको पक्षमा कानुनी सेवा दिइरहेका वरिष्ठ अधिवक्ता सुशील पन्तको दबाबमा पन्तका भान्जा नाता पर्ने पोखरेललाई एआइजी बनाउन लागिएको थियो । अवकाशपश्चात् विशिष्ट श्रेणीको सेवासुविधा प्राप्त होस् भन्ने उद्देश्यले एक दिनका लागि एआइजी बनाउन लागिएको भएपनि परिवर्तित राजनीतिक परिस्थितिका कारण यसबारेमा निर्णय हुन नसक्दा उनी डिआईजीबाटै अवकास लिन बाध्य भएका हुन् ।
ज्ञातव्य छ, सुशासनको नारा दिने गृहमन्त्री लामिछानेको दबाबमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआइजी बढुवाका लागि यही असार १० गते बढुवा गर्न सिफारिस गरेको थियो।
प्रतिक्रिया