✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २२ गते तद्अनुसार सन् २०२४ जुलाई ६ तारिख शनिबार आषाढ शुक्ल प्रतिपदा तिथि पुनर्वसु नक्षत्र व्याघात् योग किंस्तुघ्न करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।
आजको राशिफल
मेष – अनुकूलता वृद्धि भइ नसोचेको सफलता हात पर्नसक्ने समय छ । सामाजिक कर्म तथा परोपकारकारका क्षेत्रमा मन आकर्षित रहला । आत्मिय एवम् मित्रजनसँग भेटघाटका साथै मिष्ठान्न भोजनको अवसर जुर्ने देखिन्छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
वृष – आजको दिन अनावश्यक झमेलामा पर्ने सम्भावना अधिक रहेकोले अत्यन्त सजग रही व्यवहार गर्नु उचित हुनेछ । भौतिक साधनको क्षतिले धन नाश गराउन सक्छ । सवारीसाधनको प्रयोगमा पनि अघिपछिको तुलनामा विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्य कमजोर रहनसक्ने हुँदा खानपानमा सचेत रहनुहोला । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने स्थगन गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ ।
मिथुन – समय उत्साहवर्द्धक छ । आज धनजनमा वृद्धि र विशेष काममा कसैबाट समर्थन पाइने योग छ । ठुला ब्यक्तिसंग पनि भेटघाट हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सुखदायी खबर सुन्न पाइएला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्तिको योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – कामको सफलताले थप काम गर्ने हौसला मिल्ने दिन छ । थाती रहेका कामहरु सम्पन्न हुनसक्छन् । आयआर्जन होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । डुब्न लागेको भन प्रयास गर्दा उठ्नसक्ने योग छ । मनमा कता–कता हर्ष छाउनेछ । स्वास्थ्य सबल र कर्मबल वृद्धिका साथै रसरागमा आकर्षण रहला ।
सिंह – मिश्रित फलदायी दिन छ । घरमा पाहुनाको आगमनले खुशी प्रदान गर्नसक्छ । धनलाभको योग छ, तर आज कुनै पनि नयाँ काम नथाल्नु उचित हुनेछ । टाढाको यात्रा होला । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । लगानी बढ्नेछ । रसविलासमा मन जाला । पारिवारिक सुखशांति रहनेछ ।
कन्या – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान पुऱ्याउनुहोला । धननाशका साथै प्रेममा पनि धोका हुनसक्ने योग छ । सहयोगीहरूको साथ मिलेपनि काम पूरा गर्न कठिनाइ ब्यहोर्नुपर्ने समय छ । यात्रागत कार्यमा भने सफलता प्राप्त हुने देखिन्छ । आफन्तको साथ प्राप्त होला ।
तुला – आजको दिन उत्साहवर्द्धक रहला । कर्मबल वृद्धि हुनले काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर मिल्नाले मन हर्षित रहला । स्वास्थ्य केही कमजोर रहनसक्ने हुँदा आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – भाग्यबल बढ्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । अध्ययन तथा अध्यापन कार्यमा सफलता पाउने तथा सामाजिक कर्ममा रुचि बढ्ने देखिन्छ । मातापितासँगको भेटघाटले मनमा हर्ष छाउला । कृषिक्षेत्रको काममा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धिको समय छ ।
धनु – दौडधुप वृद्धि भएपनि विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख र धनार्जनको योग छ । ब्यापार-व्यवसायमा पनि फाइदा नै हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । सुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर – काममा अवरोध सिर्जना गर्नेहरु सकृय रहनाले मनमा उदासिनता बढ्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । स्वास्थ्य पनि कमजोर रहला । सोचेकोे काम समयमै सम्पन्न गर्न मुस्किल पर्ने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर ब्यर्थै समयको नाश हुनसक्ने समय छ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ – सामाजिक काममा नाम रहने दिन छ, तर जागिरमा भने सजक रहनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । महत्वपूर्ण कार्यमा हात हाल्ने सन्दर्भमा मनमा दुविधा उत्पन्न हुन सक्छ । मान सम्मानको योग छ । साहस वृद्धि हुने र रचनात्मक कार्य बन्नेछ ।
मीन – सोचेको काम बन्नाले मन रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । विभिन्न सहयोग र उपहार मिल्ने देखिन्छ, साथै रमाइलो यात्राको पनि योग रहेको छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हेला । आरोग्यता रहनेछ ।
प्रतिक्रिया