पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड रुख ढलेर अवरुद्ध

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड रुख ढलेर अवरुद्ध


पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ ।

दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार अवरुद्ध सडक खुल्न समय लाग्नेछ । रुख ढलेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिँदै उनले भनेका छन्, ‘सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम घटनास्थलतर्फ जाँदैछ, रुख पूरै हटाएर सडक सञ्चालन गर्न समय लाग्छ ।’

file photo