बच्चा जन्माउन नसकेर हात्तीको मृत्यु !

बच्चा जन्माउन नसकेर हात्तीको मृत्यु !


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो ।

शुक्रबार (१८ असोज) दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको जानकारी दिए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ’, उनले भनेका छन् ।