काठमाडौं प्रहरी परिसर : भद्रकालीको नयाँ भवनबाट सेवा सुरु

काठमाडौं प्रहरी परिसर : भद्रकालीको नयाँ भवनबाट सेवा सुरु


२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि काठमाडौंको हनुमानढोकबाट विस्तापित भएर टेकुमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको भवनबाट सेवा प्रवाह गरिरहेको प्रहरी परिसर, काठमाडौंले आज (२३ असार) देखि नयाँ र सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ ।

काठमाडौं-११, भद्रकालीमा ८० करोड रुपैयाँमा निर्माण भएको ६ तले भवनबाट सेवा दिन सुरु गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् ।