आजको पञ्चाङ्ग एवम् राशिफल (२४ आषाढ २०८१ सोमबार, ८ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ आषाढ २०८१ सोमबार, ८ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २४ गते तद्अनुसार सन् २०२४ जुलाई ८ तारिख सोमबार आषाढ शुक्ल तृतीया तिथि तिष्य नक्षत्र ६ः२५ पर अश्लेषा नक्षत्र बज्र योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – अनुकूलता बढ्नेछ । कामबाट सजिलै फुर्सद पाइने र मनोरञ्जनपूर्ण रहने दिन छ । मन प्रसन्न रहला । व्यापार एवम् रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । मित्रजनको साथ एवम् स्वादिष्ट परिकारको आनन्द प्राप्त हुने योग छ । रोकिएर रहेका कार्य सुचारु गर्न चाहे सफलता मिल्नेछ ।

वृष – अप्रत्याशित लाभको समय छ । आर्थिक लाभका नयाँ स्रोत फेला पर्लान् । काममा प्रशस्त मात्रामा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । पराक्रम वृद्धि तथा यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । रचनात्मकता बढ्नेछ । पारिवारिक समस्या समाधान भएर जाने देखिन्छ । आफन्तको साथले उत्साह बढ्नेछ ।

मिथुन – स्वास्थ्यको विशेष ख्याल गर्नुपने समय छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । धननाशको सम्भावना रहेकोले आर्थिक व्यवहारमा अत्यन्त सजग रहनुहोला । अनावश्यक झमेलामा परिने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर हुनेछ । बौद्धिकता र रचनात्मकता भने बढ्नेछ । शत्रुपक्षको सक्रियता बुझेर व्यवहार गर्नु हितकर हुनेछ ।

कर्कट – रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन छ । मित्रजनबाट साथ-समर्थन पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ हुने देखिन्छ । थाती रहेका योजना कार्यान्वयन गर्न सकिएला । आरोग्यपन वृद्धि हुनेछ । मित्रजनबाट सहयोग रहने देखिन्छ । कर्मबल र आनन्द वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । लगानी वृद्धि र आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित रहनेछ । मित्रजनको साथ-सहयोग मिल्ने योग छ । पारिवारिक सुख मिल्नेछ ।

कन्या – दिन शुभदायी छ । आयबल बढ्नाले सुख वृद्धि होला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । यात्रागत कार्यबाट आर्थिक लाभसमेत हुने देखिन्छ । मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति पाइएला । सुख वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ भने पराक्रमका साथै मान-महत्व बढ्ने देखिन्छ ।

तुला – आजको दिन चुनौतीयुक्त र कष्टप्रद रहने देखिन्छ । सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । मनमा चिन्ता बढ्ने देखिन्छ । यसका बाबजुद कर्मबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – शुभता बढ्नेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । संयमतापूर्ण व्यवहारले सफलता र सन्तोष दिलाउनेछ । तथापि, खर्च वृद्धि र लेनदेनमा विवाद बढ्ने योग रहेकोले सचेत भइ व्यवहार गर्नुहोला । सामर्थ्य वृद्धि भइ रोकिएको काम बन्नेछ । रचनात्मक कार्यमा पनि सफलता मिल्ने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आजको दिन नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । व्यापारमा सफलता मिल्नेछ । रमाइलो यात्राको सम्भावना छ । टाढिएका साथीभाइले मित्रवत व्यवहार गर्नेछन् । दौडधुप वृद्धि हुनेछ तर त्यसबाट लाभ नै मिल्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।

मकर – नयाँ योजनाका साथ रमाइलो तरिकाले काम गर्न पाइने समय छ । व्यापारमा राम्रै लाभ हुने देखिन्छ, साथै पशुधन र जमिनबाट सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने योग छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।

कुम्भ – परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुनसक्ने दिन भएपनि आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । मेसिनरी सामग्रीको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने समय छ । वादविवादको सामना गर्नुपर्ला । शारीरिक एवम् आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – दिन सामान्य नै छ तथापि मनमा डरत्रासको भाव जागृत रहला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । व्यवसायिक कर्ममा आर्थिक लाभ हुने देखिन्छ । यात्रामा रमाउने र भेटघाटबाट सहयोग प्राप्तिको योग छ । प्रेमभाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ भने सुख–सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।