आजको पञ्चाङ्ग एवम् राशिफल (२५ आषाढ २०८१ मंगलबार, ९ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ आषाढ २०८१ मंगलबार, ९ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २५ गते तद्अनुसार सन् २०२४ जुलाई ९ तारिख मंगलबार आषाढ शुक्ल तृतीया तिथि ५ः२८ पर चतुर्थी तिथि अश्लेषा नक्षत्र ८ः५ पर मघा नक्षत्र सिद्ध योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा ८ः५ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित कार्यको क्रममा कुनै कीर्तिमानी काम सम्पादन हुन सक्ने योग परेको दिन छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्ने छन् ।

वृष – सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । साहसका साथ सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – विशेष योजनाहरू बन्ने र योजनालाई अघि बढाउन सकिने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेकोले कर्मको भरपुर सन्तुष्टि प्राप्त होला । नयाँ ज्ञान सिक्ने मौका जुर्नसक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । वागबगैंचाको सजावट तथा कलात्मक कार्यप्रति आकर्षित होइएला । शुभता वृद्धि भइ सभा-समारोहमा मान पुरस्कार प्राप्त हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । शरीरमा आरोग्यता रहनेछ । आँट साहस पराक्रम बढ्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।

कर्कट – दैनन्दिन गरिआएको कामलाई निरन्तरता दिन सकिने छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्नेछन् । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कार्य गर्नुहोला । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुने समय छ । रसरागमा आकर्षण रहला ।

सिंह – प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने योग छ । आध्यात्मिक भाव वृद्धि होला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने दिन छ । आरोग्यपनले स्फूर्ति बढ्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख रहनेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ भने भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । लगानी वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले समस्याको समाधान मिल्ने योग छ ।

तुला – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । आजको मेहनत खेर जानेछैन । व्यवसायका लागि यात्रा हुनसक्छ । दाम्पत्यजीवन सुखद रहला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

वृश्चिक – कर्मबल वृद्धिले उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, सजग रहनुहोला । खर्च वृद्धि हुनसक्ने योग छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, ध्यान राख्नुहोला । योजना र बजेट बनाएरमात्र नयाँ कार्यमा हात हाल्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।

धनु – आजको दिन मिश्रित फलदायी रहला । लगानी, दौडधुप, श्रम र विशेष प्रयत्नका बाबजुद फल भने सीमितमात्र मिल्ने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषिकार्यमा खर्च बढ्ला । एकाएक उत्साहजनक समाचार प्राप्त भइ हर्ष बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा मन जानेछ ।

मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने सकिनेछ । तार्किक क्षमता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मित्रजनको विशेष सहयोग जुट्ने र धनलाभको योग छ । दामपत्यसुख बढ्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – साहस वृद्धि भएपनि आजको दिन निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाट धोका मिन्सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने हुँदा गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन देखिनसक्छ, सजग रही व्यवहार गर्नु उचित होला । आफन्तको साथ मिल्नेछ ।