आजको पञ्चाङ्ग एवम् राशिफल (२६ आषाढ २०८१ बुधबार, १० जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ आषाढ २०८१ बुधबार, १० जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २६ गते तद्अनुसार सन् २०२४ जुलाई १० तारिख बुधबार आषाढ शुक्ल चतुर्थी तिथि ६ः५२ पर पञ्चमी तिथि मघा नक्षत्र व्यतिपात योग बब करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । आजको दिन साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नयाँ स्रोत थपिनेछन् भने कामको दायित्व बढ्नेछ । विशेष सभा–समारोहमा भाग लिने तथा आमोदप्रमोदमा रम्ने मौका जुर्ला । मानसम्मान मिल्ने योग छ ।

वृष – दिन उत्साहजनक रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइ तथा रचनात्मक कार्यमा सुधार आउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । उद्योग तथा व्यापारका क्षेत्रमा रहेकालाई राम्रै लाभ मिल्ने देखिन्छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । परिवारिकसुखले उत्साह जगाउला । नियमित कर्ममा आकर्षण बढ्नेछ । मित्रजनके सहयोगले यात्रापरक काम बन्नेछ ।

मिथुन – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय भएपनि आजको दिन आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । तथापि, परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । शत्रुपक्ष कमजोर पर्नेछन् । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

कर्कट – आजको दिन आर्थिक अभावले अलिक सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ, ध्यान राख्नुहोला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । मित्रजन एवम् कुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुने देखिन्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । विशेष योजनामा हात हाल्दै हुनुहुन्छ भने धैर्यले काम लिनु उचित हुनेछ । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या – श्रमको उचित मूल्यांकन हुने समय छ । रोकिएका काम सुरु हुनेछन । व्यवसायमा प्रगति हुनेछ भने धनलाभको योग छ । बौद्धिक पक्ष सबल रहला, साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सन्तानपक्षबाट सुख मिल्नेछ । आफन्तजन सहयोगी बनेर देखापर्नेछन् । आजको दिन केही ब्यस्तता भने बढ्न सक्छ । विषेष योजना कार्यान्वयनमा साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धिको योग छ ।

तुला – आजको दिन मिश्रित फलदायी रहला । कामको सिलसिलामा दौडधुप गर्नुपर्ने योग छ । आम्दानीका विभिन्न माध्यम फेलापर्ने समय भएपनि आर्थिकलाभ सामान्यमात्र होला । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । बोली र व्यक्तित्वको प्रभावले बिग्रन लागेको काममा सुधार आउन सक्छ ।

वृश्चिक – कर्मबल बढ्नेछ । तथापि, प्रशस्त परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । घरखर्च बढ्न सक्छ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, व्यवहारमा सजगता अपनाउनु हितकर होला । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना छ तर समस्याको समाधान हुने नै छ ।

धनु – आयआर्जन बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तथापि, साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन् । स्वास्थ्यगत समस्या देखापर्न सक्छ, सावधान रहनुहोला । खेलकुद एवम् भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ । रचनात्मक कार्यहरू बन्नेछन् । रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

मकर – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । कृषि तथा पशुपालनबाट विशेष फाइदा होला । गरेको यात्रागत कार्य उपलब्धीमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तान पक्षबाट पनि सुख मिल्ने दिन छ । पढाइलेखाइमा सुधार आउला । महत्वपूर्ण कार्यमा जोखिम बढ्ने योग रहेकोले थाती राखेकै राम्रो । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । नयाँ काम तथा योजनामा हात हाल्दै हुनुहुन्छ भने शुभ समय छ । तपाईंको परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउन सक्छ, धैर्य राखी दायित्व निर्वाह गर्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन सोचेजस्तो अनुकुल नरहन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला तर खर्चवृद्धिको योग छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनसँग मनमुटावको अवस्था पैदा हुने सम्भावना रहेकोले व्यवहारमा संयमताको दरकार छ । विश्वासमा पारेर धोका दिनेहरूबाट बच्ने प्रयास गर्नुहोला ।