साढे पाँच दर्जन यात्रुसहितको बस त्रशूली नदीमा बेपत्ता
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना यात्रु रहेका बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएअनुसार आज (२८ असार) बिहान ३ः३० बजेको समयमा दुई वटा बस पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको एञ्जल बस पहिरोमा परी त्रिशूलीमा खसेर यात्रुसहित बेपत्ता भएका हुन् ।
प्रजिअ यादवका अनुसार गणपति डिलक्स बसमा ४१ र एञ्जल बसमा २४ जना सवार रहेका थिए ।
घटनास्थलमा आवश्यक उद्धार एवम् पहिरो पन्छाउने कार्य सुरु गरिएको र ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको प्रजिअ यादवले जनाएका छन् ।
प्रतिक्रिया