आजको पञ्चाङ्ग एवम् राशिफल (२९ आषाढ २०८१ शनिबार, १३ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ आषाढ २०८१ शनिबार, १३ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ २९ गते तद्अनुसार सन् २०२४ जुलाई १३ तारिख शनिबार आषाढ शुक्ल सप्तमी तिथि हस्ता नक्षत्र परिधि योग वणिज करण चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । सूर्य पूजा, भानु जयन्ति ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी छ । धनलाभको योगका कारण अचानक कमाइ हुने सम्भावना छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने देखिन्छ । यात्रागत कार्य पनि सफल र लाभदायी होला । साहस एवम् आत्मविश्वास वृद्धि हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम अघि बढ्लान् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

वृष – समय सोचेजस्तो अनुकुल नरहन सक्छ, धैर्य राखी नियमित क्रियाकलापमा लागिपर्नु उचित हुनेछ । नसोचेको ठाउँमा धन खर्च तथा ब्यर्थको खर्चले मन पिरोल्ला । मित्रजन टाढिएको अनुभूति होला । बौद्धिक र रचनात्मक कार्यमा भने सफलता मिल्नेछ । यात्रापरक कार्य आजको लागि थाती राख्नु उचित हुने देखिन्छ । आजको दिन खास उपलब्धिमूलक कार्यबिना नै बित्न सक्छ ।

मिथुन – आफन्तमिलनले सुख दिने समय छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न रहने अवसर प्राप्त होला । प्रियजनसँगको भेट र मिष्ठान्न भोजनप्राप्तिले मन प्रफुल्ल रहनेछ । धनलाभको योग छ । आरोग्यता रहला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । पराक्रम वृद्धिका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्यामा धैर्यले समाधान दिलाउला । सामाजिक मान मिल्ने देखिन्छ ।

कर्कट – कर्मबल वृद्धि हुने समय छ । नयाँ कामका योजनाहरू बन्नेछन् भने आजको प्रयत्न सार्थक पनि रहला । आर्थिक उपार्जनका साथै बचतको सम्भावना देखिन्छ । आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्ति एवम् मित्रजनसँगको भेटघाटले उल्लास बढाउने समय छ । ाथीभाइको सहयोग प्राप्त हुनाले सुख बढ्ला । खेलकुदका क्रियाकलाप एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । आजको दिन नयाँ कामका योजनाहरू बन्ने र मनोरञ्जनात्मक तरिकाबाट काम सम्पन्न हुने देखिन्छ । पशुधन र कृषिजन्य क्रियाकलापबाट पनि केही लाभ नै हुने योग छ । आफन्तजनको साथ मिल्नेछ । मनोरञ्जन तथा रसरागको क्रियाकलापमा आकर्षण रहनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।

कन्या – आजको दिन केही चुनौती बढ्ने देखिन्छ । कतै वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन खास प्रयत्न गर्नु उचित होला । आजको योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला । आयबल वृद्धिको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – सामाजिक मान-सम्मान मिल्ने समय छ । स्वास्थ्य सबल रहला । आर्थिक लाभको योग पनि छ । कर्मबल वृद्धि हुनेछ, तर जागिरको काममा अनावश्यक डरले मनमा डेरा जमाउन सक्छ । मिठो भोजन प्राप्त होला । वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – भाग्यबलका साथै शुभता बढ्नेछ । सामर्थ्य वृद्धि होला । मनोरञ्जनपूर्ण किसिमबाट आजको दिन बित्ने देखिन्छ । कामबाट फुर्सद मिलेको अनुभूतिले मन प्रशन्न रहला । मिठो भोजन प्राप्त हुनेछ भने आरोग्यपन बढ्नेछ । सुख सुविधाको बस्तुमा धन खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – केही दोडधुप बढेपनि आजको दिन मनोरञ्जनात्मक ढङ्गबाट बित्ने देखिन्छ । काममा प्रशस्त मात्रामा जाँगर चल्नेछ भने अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – आजको दिन मिहेनतका बाबजुद सुखद परिणाम प्राप्त हुन कठिन पर्ने देखिन्छ । अनावश्यक झमेलामा परिने तथा केही हानी हुन सक्ने योग रहेकोले विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । नियमित कार्यमा पनि सजगताको खाँचो छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्न सकिनेछ ।

कुम्भ – दिन शुभदायी छ । आयआर्जनको दृष्टिले उचित समय छ । आफन्त एवम् मित्रजनबाट साथ–समर्थन मिल्नेछ । साहस वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । विशेष योजनामा पनि सफलता मिल्ने योग छ । सफलताले उल्लास बढाउला ।

मीन – आर्थिक क्षेत्रमा उन्नति हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । प्रेमभाव वृद्धि होला । आरोग्यता रहनेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्ने देखिन्छ ।