✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ ३० गते तद्अनुसार सन् २०२४ जुलाई १४ तारिख आइतबार आषाढ शुक्ल पक्षको अष्टमी तिथि चित्रा नक्षत्र शिव योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा कन्या राशिमा ७ः०२ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – तपाईंको कार्य-व्यवहारले अरुलाई प्रभावित पार्नेछ भने जटिल मानिएको काम पनि सहजै पूर्ण गर्न सकिने समय छ । मेहनत खेर नजाला । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्यजीवन सुखद रहनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । साझेदारीको काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ, तर आजको दिन खर्च केही वृद्धि होला । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पर्नसक्ने योग रहेको छ । आफ्नो स्वतन्त्रताका लागि ज्यादा महत्वकाङ्क्षा नराखी प्रलोभनबाट टाढा रहनु नै बेस हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ । मिष्ठान्न भोजनको अवसर जुर्नेछ, तर खानपानमा नियन्त्रण राख्नु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – उत्साहजनक समाचारले हर्ष बढ्नेछ तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पूरा नहुन सक्छ, सचेत रही काम गर्नुहोला । साझेदारीमा गरिएको काम बन्नेछ । शत्रुसित लड्ने सामर्थ्य वृद्धि होला । आफन्तजनको साथले प्रेमभाव वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।
कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । तार्किक क्षमता बढ्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिएला । नयाँ सवारी साधन प्राप्तिको प्रयासमा हुनुहुन्छ भने योजना सार्थक हुनसक्ने योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हातहाल्न सकिनेछ । ब्यस्तताका साथै कर्मबल बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – दिन उत्साहपूर्ण रहला । विभिन्न अवसरले पछ्याउनेछन् भने बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । धनलाभको योग छ । गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । पराक्रम वृद्धि हुनेछ भने रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।
कन्या – आजको दिन खासै सुखदायी नरहन सक्छ । निश्चय भएको काम अचानक बिग्रनसक्ने योग छ । विश्वास गरिएका साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन आउने सम्भावना रहेकोले यसप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा भने सफलताको योग छ ।
तुला – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि आजको दिन कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइने योग छ । मन नलागी-नलागी कार्य नगरेकै बेस, हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । आरोग्यपन बढ्नेछ । खर्च पनि केही वृद्धि हुनेछ । मिठो भोजन प्राप्ति र रसरागमा आकर्षण रहनेछ ।
वृश्चिक – सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक काममा रुचि बढ्ला । तपाईंबाट भए–गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । खर्च वृद्धि हुने योग रहेकोले नियन्त्रणको लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
धनु – आजको दिन विशेष योजनाहरू बन्न सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । कर्मबल बढ्नेछ, आय वृद्धि हुनेछ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग सुखद भेटघाको योग छ । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, सावधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । कामका केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कार्य–व्यवहार गर्नु हितकर होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – दौडधुप केही वृद्धि भएपनि लगनशीलताले चित्तबुझ्दो उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिने समय छ । रचनात्मक काममा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आफन्तजनको साथले उत्साह बढ्नेछ । सामर्थ्य वृद्धि होला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – भौतिक साधन जुट्नेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । व्यापार–व्यवसायमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहला, दाम्पत्यसुख बढ्नेछ । खर्च पनि केही वृद्धि हुने योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्ने र समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया