आजको पञ्चाङ्ग एवम् राशिफल (३१ आषाढ २०८१ सोमबार, १५ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ आषाढ २०८१ सोमबार, १५ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ ३१ गते तद्अनुसार सन् २०२४ जुलाई १५ तारिख सोमबार आषाढ कृष्ण पक्षको नवमी तिथि स्वाती नक्षत्र सिद्धि योग पर साध्य योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ ।

आजको राशिफल

मेष – आयआर्जनका स्रोत बढ्ने र दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्ला । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । सन्तानसुख वृद्धिको योग छ । प्रेमभाव बढ्नेछ । समग्रमा अनुकूलताले भरिएको दिन छ ।

वृष – दिन शुभदायी छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । परिवारजनको साथले उत्साह जगाउला । परिवारिक सुख बढ्नेछ । धन आर्जनको समय छ । तथापि, पत्याइएका सहयोगीहरू पछि हट्ने र प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मिथुन – आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन भएपनि ज्यादा समय अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । उपलब्धिको स्रोत पहिलिने योग छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकताले प्रभाव देखाउला ।

कर्कट – ब्यस्तता बढ्नेछ । मेहनतको फल प्राप्त हुने दिन भएपनि अरूको भरपर्दा धोका मिल्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त होला । कर्मबल वृद्धि र मिठो भोजन प्राप्त हुने समय छ । साथीभाइको सहयोग प्राप्त होला । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

सिंह – आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । खर्च केही वृद्धि होला । लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नसक्ने योग छ । आरोग्यता रहनेछ, पराक्रम बढ्नेछ ।

कन्या – गरिएका कामको राम्रै मूल्यांकन होला । आर्थिक लाभ हुने तथा भौतिक वस्तु प्राप्तिको समय छ । व्यापार तथा साझेदारीमा पनि फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको अवसर पनि जुट्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग रहला जसबाट पराक्रम वृद्धिको योग छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – समयमै आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नु हितकर हुनेछ । अर्थको अभावले बन्नैलागेको काम अधुरो रहन सक्छ ।अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने समय छ । तर, फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । व्यवसायमा लगानी वृद्धि हुनेछ । रोकिएको काममा विशेष मिहेनत लगाउनुपर्ला । सुख-सुविधाको बस्तुमा आकषर्ष रहनाले खर्च वृद्धिको योग छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कर्मफल प्राप्तिका लागि विशेष मिहेनत लगाउनुपर्ला । आयबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुनसक्ने योग छ । प्रेमभाव बढ्नेछ । यात्रापरक काम बन्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने देखिन्छ ।

मकर – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । फजुल खर्च वृद्धिको योग छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तथापि, कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ ।

कुम्भ – आजको दिन स्वास्थ्यमा केही कमजोरीका बाबजुद बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यगत प्रतिकूलताका बाबजुद भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्ने संकेतले उत्साह जगाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । तर, कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा फाइदा हुने काम हात पार्ने मौका मिल्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, सावधान रहनुहोला । दौडधुप बढेपनि आफन्तको साथ मिल्नेछ ।