आजको पञ्चाङ्ग एवम् राशिफल (१ साउन २०८१ मंगलबार, १६ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ साउन २०८१ मंगलबार, १६ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षाऋतु ऋतु वि.सं. २०८१ श्रावण १ गते तद्अनुसार सन् २०२४ जुलाई १६ तारिख मंगलबार आषाढ शुक्ल पक्षको दशमी तिथि विशाखा नक्षत्र साध्य योग पर शुभ योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । श्रावण सङ्क्रान्ति, दक्षिणायन आरम्भ, कण्डारक पूजा, लुतो फाल्ने, गुरियापर्व, साउन मेला सुरु ।

आजको राशिफल

मेष – आनन्ददायी भेटघाटले दिनको पूर्वार्ध रमाइलो हुनेछ । मन मिल्ने मित्र भेटिनुका साथै प्रेमको बन्धन कसिने योग छ । आर्थिक उपार्जनको अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ने समय छ । परिवारजनबाट साथ र सुख मिल्ला । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । दाम्पत्यसुख बढ्नेछ ।

वृष – पछिका लागि फाइदा हुने अर्थात् दीगो आम्दानी हुने काम प्रारम्भ गर्न सकिने समय छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । लामो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने छन् । रसरागमा आकर्षण रहने छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धिले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आम्दानीमा कमी हुनेछैन तर खर्चवृद्धिले केही सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्नसक्ने योग भएकोले विशेष सजगता अपनाएर व्यवहार गर्नु उचित होला । कुनैपनि कार्यमा बलजफ्ती नगर्नु हितकर हुनेछ । जस्तोसुकै समस्याको समाधान विवेकको माध्यमबाट प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । आजको दिन केही चुनौती पैदा हुन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने योग रहेकोले धैर्य राखेर कार्य गर्नुहोला । आश्वासन दिनेहरूको कुरामा विश्वास नगर्नु उचित हुनेछ । अरूको विश्वास गर्दा धोका मिल्न सक्छ । आज व्यापार-व्यवसायमा ठूलो लगानी नगरेकै राम्रो । इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् । आफ्ना विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । समस्यामा नजिकका साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – विवेक पुऱ्याएर हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनसक्ने समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ भने प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । बोली र व्यक्तित्वको माध्यमले धेरैलाई प्रभावित तुल्याउन सकिएला । पराक्रम वृद्धि हुनेछ । कुनै विशेष कार्य रोकिएको छ भने पुनः प्रयत्न गर्ने दिन हो, प्रयासले प्रतिफल दिलाउने योग छ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – मेहनतले धेरै काम बनाउन सकिने समय छ । विरोधि तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । चाहेमा धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । आफन्त तथा मित्रजनको साथ-सहयोगले उत्साह जगाउला । कार्यगति बढ्नेछ ।

तुला – प्रभावशाली व्यक्तिहरू नै प्रतिस्पर्धामा उत्रन सक्ने समय छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । गोपनीयतामा ध्यान दिएर कार्य गर्दा सफलता भेटिनेछ । नातेदारसँग विवाद वा झैझगडाको योग भएकोले बोली र व्यवहारमा विशेष नियन्त्रण राख्नु उचित हुनेछ । आजको दिन आर्थिक समस्या पनि पर्न सक्छ । अध्ययन-अध्यापनमा खासै मन जानेछैन । सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुहोला । आरोग्यता रहनेछ ।

वृश्चिक – तपाईंका विचार एवम् व्यवहारले धेरैलाई प्रभावित पार्न सकिनेछ, प्रशंसकहरू बढ्नेछन्, तर इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । मान-सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । गुमेको प्रतिष्ठा लगनशीलताले फर्काउनसक्ने समय छ । खर्च वृद्धि हुने देखिन्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । मन उत्साहित रहला । तथापि, आफन्तजनको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । कर्मबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ काम प्रारम्भ हुनसक्ने योग छ । प्रशंसकहरू बढ्नेछन् । नाम, दाम र इनाम हातपार्ने समय छ । मनोरञ्जनात्मक कार्यमा मन आकर्षित रहला । भाग्यबल बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाटको अवसर जुर्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । व्यापारमा लाभ हुनेछ । आजको दिन स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु उचित हुनेछ । दौडधुपका बीच सामर्थ्य वृद्धि हुनेछ ।

मीन – आलोचकहरू बढ्ने तथा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्ने योग छ । नयाँ अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खर्च भने केही बढ्नसक्छ ।