✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षाऋतु वि.सं. २०८१ श्रावण २ ते तद्अनुसार सन् २०२४ जुलाई १७ तारिख बुधबार आषाढ शुक्ल एकादशी तिथि अनुराधा नक्षत्र शुभ योग१ः४७ पर शुक्ल योग बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । हरिशयनी एकादशी, तुलसी रोप्ने, चतुर्मास व्रत ।
आजको राशिफल
मेष – दौडधुप र जोखिम केही बढेपनि प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिष्पर्धीहरूलाई पछि पार्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रा सफल रहनेछ । समग्रमा अनुकूलता वृद्धिको अनुभूति हुने दिन छ ।
वृष – तपाईंको प्रतिभाले विशेष लाभ दिलाउने समय छ । अध्ययनमा राम्रो प्रगति होला । नयाँ कामको प्रस्ताव आउने देखिन्छ, सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख तथा आनन्द बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला । आफन्तको साथले उत्साह बढ्नेछ ।
मिथुन – वैदेशिक यात्रासम्बन्धी कामकाज अघि बढ्नसक्ने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । पराक्रमवृद्धि भइ प्रतिष्पर्धी पछि पर्नेछन् । धन मान महत्व बढ्नेछ । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । प्रेमभाव वृद्धि तथा सन्तानसुख बढ्ला । कर्मबल बढ्नेछ, रोकिएको काम बन्नेछ । भ्रमण एवम् रसरागमा आकर्षण रहला ।
सिंह – आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । फाइदाका लागि आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ, तर आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । खर्च वृद्धि होला । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्ने योग छ । बौद्धिक, रचनात्मक र कलात्मक कार्यमा सफलता मिल्नेछ ।
कन्या – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । लाभदायी काम प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्ने योग छ । तार्किक क्षमताले सम्मान दिलाउला । प्रेम र मित्रताको गाँठो कसिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले पराक्रम बढ्ला ।
तुला – क्षमताअनुसारको काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षणका साथै कार्य व्यपारमा सफलता प्राप्त होला ।
वृश्चिक – पहिलेका कर्मको प्रतिफल पाइने समय छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने सम्भावना छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पराक्रम झल्कने क्रियाकलापमा मन आकर्षित हुनेछ ।
धनु – बोलीको भरमा काम सम्पादन हुने समय छ । बोली र विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । खर्च केही बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – उत्साहजनक समाचारले मन प्रसन्न रहने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । प्रशन्नता बढ्नेछ । नियमकानूनले तपाईंको साथ दिनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् ।
कुम्भ – कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्ने योग पनि छ ।
मीन – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने हुँदा सजगता अपनाइ व्यवहार गर्नु उचित होला । काम बिग्रने डरले सताइरहनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ रहनेछ । सुखविलासमा मना जाला । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया