आजको पञ्चाङ्ग एवम् राशिफल (३ साउन २०८१ बिहीबार, १८ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ साउन २०८१ बिहीबार, १८ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ आषाढ ३ गते तद्अनुसार सन् २०२४ जुलाई १८ तारिख बिहीबार आषाढ शुक्ल द्वादशी तिथि ज्येष्ठा नक्षत्र शक्ल योग पर ब्रम्हा योग बब करण पर कौलब करण आनन्दादिमा काल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । प्रदोष व्रत, तुलसीपिए ।

आजको राशिफल

मेष – आश्वासन दिनेले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्ने समय छ । तथापि, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । प्रेमको बन्धन कसिने योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनु हितकर हुनेछ । खेलकूदलगायत मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

वृष – समय शुभदायी छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । तथापि, नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।

मिथुन – पति वा पत्नीका माध्यमबाट फाइदा हुने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । साहस र प्रेमभाव बढ्नेछ । आरोग्यता रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्ने समय छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने देखिन्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – व्यस्तता बढ्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । आरोग्यता रहनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या – आम्दानी बढ्ने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त होला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । स्वास्थ्य भने केही कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने योग छ, ध्यान राख्नुहोला । पराक्रम वृद्धि भइ कार्यगति बढ्ला । यात्रा सफल रहनेछ ।

तुला – प्रतिभा प्रदर्शन गरी अरुको मन जित्न सकिने समय छ । आफूभन्दा ठूला व्यक्ति तथा गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । तथापि, भित्र कता कता काम बिग्रने भयले सताउला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने तथा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा खर्च वृद्धि हुने देखिन्छ । आरोग्यता रहनेछ ।

धनु – दिन केही चुनौयुक्त रहने देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । लगानी वा खर्च बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ, विशेष योजनाहरू बन्नेछन् । आयबल र सफलता बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढे पनि न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य मिल्न मुस्किल पर्ला । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ । भ्रमण कार्यमा खर्च वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।