रूपनगरमा उर्जा, जलस्रोत, वाढी विषयमा प्राज्ञिक विमर्श

रूपनगरमा उर्जा, जलस्रोत, वाढी विषयमा प्राज्ञिक विमर्श


वर्षेनी धेरै जनधनको क्षति गर्ने तर नीति निर्माण तहमा त्यति महत्व नदिइने ‘सिमान्तकृत’ साना खोला नालाका समस्या कसरी समाधान गर्ने ? उर्जा तथा जलस्रोतको दिगो उपयोग कसरी गर्ने ? नदीलाई दिगो ढङ्गले मावन हितमा प्रयोग गर्ने उपाय आदि विषयमा आज छोटो प्राज्ञिक विमर्श गरियो ।

प्राज्ञ दीपक ज्ञवालीको उपस्थितिमा आज रूपनगर क्याम्पसमा आयोजित कार्यक्रममा पूर्वमन्त्रीद्वय जयप्रकाश गुप्ता र हेमराज तातेड, रूपनगर नन्दराज संग्रौला क्याम्पसका सञ्चालक समिति सदस्य तथा कञ्चनरूप-१२ का वडाअध्यक्ष देविबहादुर खत्री, क्याम्पस सञ्चालक समिति सदस्य हेमप्रसाद अधिकारी, क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेल, कोशी पीडित सरोकार समाजका अध्यक्ष देवनारायण यादव लगायत यस क्षेत्रका विज्ञ, अनुभवी वरिष्ठ व्यक्तित्वहरू र पत्रकारहरूको सहभागिता थियो ।

उर्जा, जलस्रोत, वाढी जस्ता विषयमा स्थलगत् अनुसन्धान र ‘ग्राउण्ड’को यथार्थ बुझ्दै हिँड्नुभएका प्राज्ञ ज्ञवाली प्राध्यापक गजुरेलको आमन्त्रणमा रूपनगर आउनुभएको हो ।