आजको पञ्चाङ्ग एवम् राशिफल (७ साउन २०८१ सोमबार, २२ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ साउन २०८१ सोमबार, २२ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण ७ गते तद्अनुसार सन् २०२४ जुलाई २२ तरिख सोमबार श्रावण कृष्ण प्रतिपदा तिथि श्रवण नक्षत्र प्रीति योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ ।

आजको राशिफल

मेष – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउला । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने देखिन्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजन प्राप्ति र मित्रजनसँगको जमघटले मन रमाउनेछ । समग्रमा अनुकूलता वृद्धि हुने दिन छ ।

वृष – आजको दिन विशेष योजना सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि दैनन्दिन कार्यमा परिस्थिति प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजन टाढिने योग छ । धर्मकर्ममा आकर्षण रहला । पारिवारिक समस्याको समाधान खोज्न सकिनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – समय मिश्रित फलदायी रहने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभ होला । आज काम बिग्रने डरले सताइरहनेछ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । बेसुरमा कसैलाई कुनै वचन नदिनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोस् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । धनलाभको योग छ । यात्रागत कार्य सफल र सर्थक हुने देखिन्छ । कृषिसम्बन्धी कार्यबाट सामान्य लाभ मिल्ला । आमाको माध्यमबाट पारिवारिक काम बन्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । दिन रमाइलैसँग बित्नेछ ।

सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सबल स्वास्थ्य तथा शारीरिक स्फूर्तिका लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । प्रेमभाव वृद्धि र रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या – राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् तर आफन्तजनको साथ प्राप्त हुनेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । सहयोगीहरूले राम्रै साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । खर्च वृद्धिको योग छ । प्रतिस्पर्धी परास्त होलान् । आरोग्यबल बढ्नेछ । मिठो भोजनको आनन्द उठाउन पाइनेछ । साहसिक काममा आकर्षण बढ्ला ।

वृश्चिक – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्नसक्छ । धन आर्जनको मौका जुर्ला । पराक्रम एवम् उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने देखिन्छ । आफन्तको साथ सहयोग प्राप्त होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु – मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने देखिन्छ । तथापि, सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्यता जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ध्यानपूर्वक कर्ममा लाग्नुहोला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आजको दिन उपहारको रूपमा प्राप्त हुने सामग्रीले सन्तुष्टि नदिन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने सम्भावना छ । आजको दिन अनावश्यक वादविवादमा पर्नुबाट जोगिने प्रयास गर्नु उचित हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता रहनेछ ।

मीन – होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । कृषिकर्ममा फाइदा मिल्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।