आजको पञ्चाङ्ग एवम् राशिफल (८ साउन २०८१ मंगलबार, २३ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ साउन २०८१ मंगलबार, २३ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन ८ गते तद्अनुसार सन् २०२४ जुलाई २३ तारिख मंगलबार श्रावण कृष्ण पक्षको द्वितीया तिथि धनिष्ठा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा मकर राशिमा १२ः१६ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ । द्विपजकर योग १३ः३८ बजेसम्म ।

आजको राशिफल

मेष – आजको दिन अनुकुलता वृद्धि हुने देखिन्छ । ब्यस्तता तथा दौडधुप बढेपनि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान प्राप्तिको योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । व्यापारमा भने कममात्र फाइदा होला । आमोदप्रमोदको परिवेश रहनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विषयमा भने विवाद उत्पन्न हुनसक्छ, संयमताका साथ समस्या समाधानको प्रयास गर्नु उचित हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । नियमित काममा रोकावट र कममात्र फाइदा हुने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा महसूस होला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आज कर्मबल वृद्धि र दौडधुप केही बढ्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । मित्रजनबाट सहयोग प्राप्त हुँदा सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – उद्योग-व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजको दिन यात्राको योग पनि रहेको छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । दाम्पत्य सुख र प्रेमभाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्यजीवन रमाइलो रहला । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, सचेत रहनुहोला । साहस र सुख वृद्धि हुनेछ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ भने नजिकका साथीभाइ टाढिन सक्छन् । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – बोलीको प्रभाव बढ्ने समय छ । मनमा केही डरको भाव भएपनि विभिन्न अवसरले पछ्याउनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । व्यस्तता पनि केही बढ्ने देखिन्छ । आरोग्यता रहनेछ ।

धनु – पराक्रम र कार्यसम्पादन क्षमता बढ्नेछ, तापनि केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान दिनु उचित होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – दिन मिश्रित फलदायी रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्ने योग छ । आरोग्यता रहने छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहन सक्छ । थिचोमिचो गर्नेहरूले दुःख दिने प्रयास गर्नेछन्, संयमता अपनाउनु हितकर होला । चोरी वा ठगीमा परिने योग हुनाले विशेष सचेतनाको दरकार छ । कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । शरीरमा आरोग्यता रहनेछ ।

मीन – लगानी र खर्च वृद्धि हुने समय छ । दीर्घकालीन रूपमा फाइदा हुनसक्ने काममा हात हाल्न सकिएला । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । आफन्तजनको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।