प्रतिबन्धित लागूऔषधको पटके कारोबारी पक्राउ

प्रतिबन्धित लागूऔषधको पटके कारोबारी पक्राउ


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको मधवलियाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर ९ मधवलिया बस्ने वर्ष ३० का आजाद पाठकलाई मङ्गलबार (८ साउन) पक्राउ गरिएको प्रहरीले बताएको छ।

पाठकले आफ्नै घरमा ठूलो परिणाममा लागुऔषध छिपाएर राखी बिक्री वितरण गरिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा घरको भान्साकोठा सहितका स्थानमा ठूलो परिणामको प्रतिबन्धित लागुऔषध बरामद गरी आजादलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।

बुप्रिनोर्फिन ७२ एम्पुल, फेनारगन ७८ एम्पुल, डाईजेपाम ७७ एम्पुल , ONEREX १०० ml को बोतल ६ पिस, NITRAVET-10 ट्याब्लेट १०५ पिस, PROXYCO SPAS निलो क्याप्सुल ५१० पिस, SPM-PRXT+Wockhardt निलो क्याप्सुल ७५ पिस, एनसेल को सिम थान एक सहितको इफिनिक्स स्क्रिन टच मोबाईल थान एक प्रहरीले बरामद गरेको बताइएको छ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी लागूऔषधसम्बन्धी कसुर शीर्षकमा मुद्धा दर्ता भई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको बताइएको छ ।

अभियुक्त पाठक गत २०७६ पुष २६ गते लागूऔषधसम्बन्धी कसुर मुद्धामा पक्राउ परी जिल्ला अदालत परासीको फैसलाबमोजिम ३ वर्ष कैद भुक्तान गरेर२०७९ पुष २६ गते कारागारबाट छुटेको पनि प्रहरीले बताएको छ ।

उनलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (झ) अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुनेसमेत डिएसपी बोहराले जानकारी दिए ।