मुख्यसचिवमा गड्तौला र राष्ट्रिय योजना आयोगमा अधिकारी नियुक्त

मुख्यसचिवमा गड्तौला र राष्ट्रिय योजना आयोगमा अधिकारी नियुक्त


कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज (१० साउन) को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको उनले जानकारी दिए ।

अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । बैठकले आयोगका सदस्यहरुमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।