युवकसँग गेष्टहाउसमा बास बसेकी युवतीको मृत्यु

युवकसँग गेष्टहाउसमा बास बसेकी युवतीको मृत्यु


ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एकजना युवतीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो ललितपुरमा बस्दै आएका वर्ष २६ का सन्दिप बिकले बिहीबार (१० साउन) राति ९ बजे आफ्नो साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएपछि गेष्टहाउस संचालकले ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचारको लागि लगेका थिए । युवतीको उपचारकै क्रममा आज (११ साउन) बिहान सात बजे मृत्यु भएको एस्पी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

सन्दिप बिकले पनि सास फेर्न कठिनाइ भएको बताएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमै उपचार भइरहेको बताइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।