अठार देशमा राजदूत पठाइने
सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आज (१४ साउन)को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको बताए ।
मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको पनि उनले जानकारी दिएका छन् ।
त्यसैगरी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेशप्रमुखलाई फिर्ता बोलाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।
file photo
प्रतिक्रिया