नक्कली कागजपत्र बनाएर जापानमा मानवतस्करी

नक्कली कागजपत्र बनाएर जापानमा मानवतस्करी


मानवतस्करी गर्ने उद्देश्यले एनआरएन जापानका पदाधिकारीको नक्कली हस्तक्षर गरी कागजात दुरुपयोग गरेको आरोपमा समिर लामा नामक युवालाई नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

हुँदै नभएको कार्यक्रम आयोजना हुने बहाना बनाएर नक्कली कागजपत्र सिर्जना गरी नेपाली नागरिकबाट पैसा असुलेर मानव तस्करी उद्देष्यले लामाले टुरिष्ट भिषामा जापान पुऱ्याइ छाडेको अभियोगमा उनी प्रहरी कारवाहीमा परेका हुन् ।

केहि दिनअघि एनआरएन जापानले टोकियोमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त समिर लामाले आफूले नक्कली कागपत्र बनाइ दुरुपयोग गरेको स्विकार गरेका थिए । जापानबाट एनआरएन जापानले नेपाल प्रहरीको सहकार्यमा लामालाई जापानबाट नेपाल पठाएको हो ।