सरकारले नेपाली सेनाका रथी अशोकराज सिग्देललाई प्रधानसेनापतिमा बढुवा गर्ने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
हालका सेनापति प्रभुराम शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । सेनामा अवकासमा जानुभन्दा एक महिनाअघिबाट नै विदामा बस्ने परम्परा छ । जसअनुसार सेनापति शर्मा केही दिनमै विदामा बस्नेछन् । त्यसैले सरकारले बरियतामा अगाडि रहेका रथी सिग्देललाई कायमुकायम प्रधानसेनापतिमा सिफारिस गरेको बुझिएको छ ।
रथी सिग्देलमाथि सेनाका पूर्व उच्च अधिकारी र बहालवाला अधिकारीले दोहोरो नागरिकता लिएको भनेर विवाद झिकेका थिए । उनले दोहोरो नभएर नागरिकताको प्रतिलिपिमात्र लिएको सेनाले प्रष्टोक्ति दिइसकेको छ । जेहोस् रथी सिग्देलले नेपाली सेनाको नेतृत्व ३ वर्ष सम्हाल्ने छन् । उनलाई राष्ट्रप्रति अति उत्तरदायी सैनिक अधिकृतको रुपमा नेपाली सेनाभित्र लिने गरिएको बुझिएको छ ।
प्रतिक्रिया