सरकारले एकै पटक २२ जना सचिवको सरुवा गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । अर्थ सचिवमा डा. रामप्रसाद घिमिरे, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय, राजश्व सचिवमा दिनेशकुमार घिमिरेलाई पठाइएको छ ।
सुरेश आचार्य जल तथा ऊर्जा आयोग, मधुसूदन बुर्लाकोटी उद्योग, गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय, गोपालप्रसाद सिग्देलको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, डिल्लीराम शर्मा लोक सेवा आयोग, राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, श्रम मन्त्रालयमा मुकुन्दप्रसाद निरौला, भरतमणी सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र किरणराज शर्माको राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
यस्तै, रामेश्वर दंगाल रक्षा मन्त्रालय, राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केशवकुमार शर्माको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामआधार साह नेपाल ट्रष्ट, प्रमीलादेवी बज्राचार्य खानेपानी मन्त्रालय, रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ ।
file photo
प्रतिक्रिया