विद्युत् प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त


नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीयको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका-२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका-७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।

दुवै जनालाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो । नवनियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्व सचिव तथा गुरुङ विद्युत् विकास विभागका पूर्व महानिर्देशक हुन् ।